
काठमाडौँ, चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो।
यो जितसँगै कर्णाली क्वालिफायर चरणमा स्थान बनाउन सफल भएको हो भने हारपछि चितवन प्रतियोगिताबाट बाहिरिएको छ।
कर्णालीले अब पहिलो क्वालिफायरको पराजित टोलीसँग खेल्नेछ। पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
क्वालिफायर १ मा विजयी टोली सिधै फाइनलमा पुग्नेछ, भने पराजित टोलीलाई फाइनलमा स्थान बनाउन अर्को मौका दिइनेछ। एनपीएलको पहिलो संस्करणको फाइनल खेल पुस ६ गते हुनेछ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस