धर्मनिरपेक्ष मानव अधिकारहरू आधुनिक समाजको आधारभूत मान्यताहरु हुन । जसले व्यक्तिको स्वतन्त्रता, समानता, र मर्यादालाई न्यायोचित ढंगबाट प्रस्तुत गर्दछ । धर्मनिरपेक्ष मानव अधिकारहरूको अवधारणा, सबै मानवप्रति समभाव, सम्मान र न्यायको प्रस्तावना हो । बौद्ध दर्शनले पनि मानव अधिकारका मूल विषयहरूसँग सहमति जनाउँछ, यद्यपि यसको आधारभूत दृष्टिकोण आध्यात्मिक अभ्यास, सकारात्मक विचार, कुशल कर्म र करुणामाथि आधारित छ । मुलतः बौद्ध शिक्षा आफैमा धर्मनिरपेक्ष र मानव अधिकार सम्बन्धि अवधारणाको स्रोत हो । बौद्ध दर्शनले समाजमा सबै प्रकारको विभेद, असमानता, अकुशल तथा अनैतिक कार्यलाई निरुत्साहित गरी शान्ति स्थापना गर्न जोड दिन्छ । बौद्ध दर्शनका अनुसार मानव अधिकार मनुष्य जीवनमा मात्र संरक्षण र पालन गर्न सम्भव छ अरु योनी तथा जन्महरूमा यो सम्भव देखिदैन । बुद्ध वचनमा उल्लेख भएका मानवद्वारा गरिने जस्तैः ९काय, वाक र चित्त० को माध्यमबाट हुनसक्ने तीन प्रकारका कर्महरू मध्ये कुनै पनि कर्म द्वारा कसै माथी पनि कुभलो नसोच्नु, नबोल््नु र नगर्नुका साथै सदैव सकारात्मक सोच राख्न प्र्रेरणा दिन्छ जसले मानव अधिकारको सुनिश्चततालाई संकेत गर्दछ ।
सारः
बौद्ध धर्मको करुणा, अहिंसा, र परस्पर निर्भरताको सिद्धान्तले मानव अधिकारको संरक्षण र समर्थनमा बलियो आधार प्रदान गर्दछ । मानव अधिकारहरूलाई व्यक्तिगत स्वतन्त्रता, समनता, समानुपातिक सहभागीता र सामाजिक उत्तरदायित्वको सन्तुलनको रूपमा बुझ्न सकिन्छ, जसले जगतका सबै प्राणीहरूको कल्याणलाई प्राथमिकतामा राख्छ । बौद्ध परम्परामा रहेको सार्वभौमिक समानताको धारणा र दुःखको स्थायीरुपमा अन्त्य गर्ने आध्यमिक मार्गले धर्मनिरपेक्ष मानव अधिकारहरूको सिद्धान्तसँग गहिरो सम्बन्ध देखाउँछ । यो लेखले धर्मनिरपेक्ष मानव अधिकारहरू र बौद्ध शिक्षाबीचको सम्बन्धलाई उजागर गर्दै विश्वभरि नै शान्ति र न्याय प्रवद्र्धन गर्न सक्ने सम्भावनाको चर्चा गर्दछ ।
यस लेखमा प्रयोग भएका मुख्य शव्दहरुः
बौद्ध दृष्टिकोण, धर्म निरपेक्ष, करुणा, अहिंसा, स्वतन्त्रता, परस्पर निर्भरता, मानव अधिकार, नेपालको संविधान ।
बौद्ध शिक्षामा मानव अधिकारको आधारभूत दृष्टिकोणः
बौद्ध धर्मले मानव जीवनलाई अत्यन्तै अमूल्य मान्दछ । बुद्धले प्राणीमात्रप्रति करुणा र अहिंसाको अभ्यास गर्न सिकाउनुभयो । धर्मनिरपेक्ष मानव अधिकारहरूले व्यक्तिको स्वतन्त्रता र समानतालाई महत्व दिन्छन । भने बौद्ध धर्मले यसलाई करुणा, अहिंसा, र परस्पर निर्भरता ९प्रतिक्षमता० को सिद्धान्तसँग जोड्छ ।
१. समानतामा आधारित सिद्धान्तः
बौद्ध धर्मको शिक्षा अनुसार सबै प्राणीहरू समान छन्। जात, धर्म, लिंग, वर्ण, अपाङ्खता, शैक्षिक वा आर्थिक स्तरको आधारमा कुनै पनि प्रकारको विभेद बौद्ध विचारधारामा अस्वीकार्य छ । भगवान बुद्धको समनतामा आधारित शिक्षा सन्दर्भमा, बुद्ध शिक्षाको ‘चर्तुबम्हाविहार’ को यो अवधारणाबाट प्रष्ट हुन्छ ।
मैत्रीः अरुलाई आफु समान ठान्ने ।
करुणाः सत्व प्र्राणीपति मुक्तिको कामना ।
मुदिताः अरुको खुशीमा खुशी हुनु ।
उपेक्षाः समभावले हेर्नु ।
२. व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताः
बौद्ध धर्मले अभिव्यक्ति स्वतन्त्रता उपयोग गर्दा आर्य अष्टांिगक मार्गको, सम्यक वचनको अभ्यासलाई महत्व दिन्छ, जसले सत्य, अहिंसा र परोपकारलाई प्रोत्साहन गर्दछ । धर्मनिरपेक्ष मानव अधिकारहरूले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई अधिकारको रूपमा व्याख्या गर्छन्। । बुद्ध दर्शनले व्यक्तिगत अनुभव, अभ्यास, ज्ञान, विचारलाई प्रमुख ठान्छ र आफनै दृष्टिकोण र अनुभवबाट सत्यको खोज गर्न सिकाउछ । बुद्धले भनेका थिए ‘मेरो शिक्षालाई केवल विश्वास नगर, आफैले जाँच गरेर मात्र विश्वास गर’ भनेर तर्क र संवादलाई खुला राखेको छ जसले व्यक्तिको आत्मनिर्णयको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्दछ ।
३. करुणा र अहिंसाः
‘अहिंसा परमो धर्म’ बुद्ध धर्मको मुख्य मान्यता हो । यसले करुणा र अहिंसालाई प्रतिविम्वित गर्दछ र धर्मनिरपेक्ष मानव अधिकारले हिंसाविरुद्धको अधिकारलाई जोड दिन्छ । यसकारण, बौद्ध धर्मले अहिंसालाई जीवनको मूल आधार मान्दछ । यसले समस्त प्राणीहरूप्रति करुणा र प्रेमको अभ्यास गर्न शिक्षण दिन्छ ।
धर्मनिरपेक्षता र बौद्ध धर्मबीचको सन्तुलनः
धर्मनिरपेक्षता कुनै पनि राज्य, संस्था वा व्यक्ति कुनै विशेष धर्मसँग नजोडिनु र सबै धर्मप्रति समान व्यवहार गर्नु हो यस्तो प्रकारको आचरण र शिक्षा बौद्ध दर्शनले बुद्धकालीन समयदेखि नै सम्बोधन गर्दछ । अतिरिक्त, धर्मलाई व्यक्तिगत आस्था र अभ्यासको रूपमा मान्यता दिन्छ र कुनै पनि धर्मलाई राज्यको नीति, शिक्षा, वा कानुनमा प्राथमिकता दिन नहुने बताउँछ । बौद्ध धर्म, अर्कोतर्फ, धर्म मात्र नभई एक प्रकारको दर्शन, जीवनशैली र आचरणको मार्ग हो । यसले कर्म, करुणा, अहिंसा र ध्यानजस्ता सिद्धान्तहरूलाई प्राथमिकता दिन्छ, जुन धर्मनिरपेक्षताको मूल््यहरूसँग धेरै हदसम्म मेल खान सक्छ । बौद्ध धर्मका मूल््यहरूसँग धर्मनिरपेक्षताको आधारभूत सिद्धान्त मिल््ने हुँदा यी दुईलाई सहअस्तित्वका रूपमा सहजै स्वीकार गर्न सकिन्छ ।
नेपालको संविधान २०७२ अनुसार धर्मनिरपेक्ष मानव अधिकार सम्बन्धी व्याख्याः
नेपालको संविधान २०७२ ले धर्मनिरपेक्षता र मानव अधिकारको अवधारणालाई महत्वपूर्ण स्थान दिएको छ । नेपालको संविधानले धर्मनिरपेक्ष राष्ट्रको सिद्धान्तलाई स्वीकार गरेको छ, जसले सबै धर्म र संस्कृति प्रति सम्मान र सहिष्णुताको मार्गदर्शन गर्दछ । धर्मनिरपेक्षताको अवधारणा भन्नाले कुनै विशेष धर्मको प्राथमिकता नराख्ने, बरु सबै नागरिकलाई समान अधिकार र अवसर प्रदान गर्ने भन्ने कुरा जनाउँछ ।
नेपालको संविधान २०७२ अनुसार, प्रत्येक व्यक्तिलाई आफ्नो धर्म, आस्था र विश्वासको पालन गर्ने अधिकार प्राप्त छ । संविधानको धारा २६ मा व्यक्तिको धर्म परिवर्तन गर्ने, विश्वास गर्ने र आस्थाको स्वतन्त्रता सुनिश्चित गरिएको छ । साथै, धारा २१ अनुसार, सबै नागरिकलाई स्वतन्त्रतापूर्वक जीवन यापन गर्ने अधिकार प्राप्त छ ।समाजका सबै वर्गका नागरिकलाई समान अधिकार र सम्मान प्रदान गर्ने कुरामा संविधानले स्पष्ट ध्यान दिएको छ । धर्मनिरपेक्षताको सिद्धान्तले मानव अधिकारको संरक्षण र प्रवद्र्धनको लागि एक मार्गदर्शनको रूपमा काम गर्दछ ।
समग्रमा, नेपालको संविधान २०७२ ले धर्मनिरपेक्षता र मानव अधिकारका क्षेत्रहरूमा नयाँ दृष्टिकोण र सम्भावनाहरू प्रस्तुत गरेको छ, जसले राष्ट्रको समग्र सामाजिक न्याय र समानता प्रवद्र्धन गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ ।
निष्कर्षः
अतः आजभन्दा २६०० बर्ष अगाडि भगवान बुद्धले दिनुभएको समानतामा आधारित शिक्षा र वर्तमान प्रचलित कानुनको आखाबाट हेर्दा, नेपालको संविधान २०७२ ले सुनिश्चत गरिएको धर्मनिरपेक्ष, मानवअधिकार सम्बन्धी कानुनसंग मेल खान्छ । यस अर्थमा बौद्ध धर्म शिक्षालाई सैद्धान्तिक रुपमा प्रमाणिक र यर्थाथपरक पाउन सकिन्छ । बौद्ध दृष्टिकोणमा धर्मनिरपेक्ष मानव अधिकारको परिकल््पना करुणा, अहिंसा, आत्मनिर्णय र सहिष्णुताको सिद्धान्तहरूसँग मिल््दो छ । यसले मानव अधिकारहरूलाई मात्र अधिकारको रूपमा नभई कर्तव्यको रूपमा पनि बुझ्न प्रेरणा दिन्छ जसले समाजमा समानता, शान्ति, र न्याय स्थापना गर्न सहयोग र्पुयाउन सक्छ ।
सन्दर्भ स्रोतहरूः
नेपालको संविधान २०७२
मानव अधिकारको विश्वव्यापी घोषणा पत्र १९ डिसेम्बर १९४८
मानव अधिकार सम्बन्धी महासन्धिहरू
बौद्ध दर्शन सम्बन्धी अध्ययन सामग्रीहरु
यो लेख का लेखक कृष्ण लामा हुन्
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस