
क्लासिक डाइमन्ड ज्वेलर्सद्वारा आयोजित फेसन र मोडलिङ प्रतियोगिता फेस अफ क्लासिक डाइमन्डको पाचौं सिजनको विजेता घोषणा गरिएको छ।
प्रतियोगितामा पूर्णिका सिजापति फेस अफ क्लासिक डाइमन्ड २०२४ भएकी छन्। त्यसै गरी स्मृति श्रेष्ठ फस्ट र उरुषा भण्डारी सेकेन्ड रनर्सअप भएका छन्। प्रतियोगितामा स्मृति श्रेष्ठ प्रतियोगिताको वेष्ट वाक र सुबुना थापा मस्ट पपुलर दुलहीको उपाधि जित्न सफल भए।
प्रतियोगिताका विजेताले १ लाख ५० हजार रुपियाँ नगदसहित एक वर्षका लागि क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसडर बन्ने अवसर प्राप्त गर्नेछन् । फस्ट रनरअपले १ लाख रुपियाँ र सेकेन्ड रनरअपले ५० हजार रुपियाँ प्राप्त गर्नेछन्। क्लासिक डाइमन्डको ग्रान्ड फेशन र ज्वेलरी शो आगामी माघ ४ र ५ गते काठमाडौंमा आयोजना हुनेछ। विजेताहरूलाई सोही कार्यक्रममा सम्मान र पुरस्कार प्रदान गरिनेछ।
देशभरका विभिन्न क्षेत्रबाट अडिसनमार्फत छानिएका २६ जनालाई करिब एक महिना तालिम दिएर प्रतियोगितामा सहभागी गराइएको थियो। उनीहरूमध्ये उत्कृष्ट पाँचलाई फाइनलका लागि छनोट गरी विजेता घोषणा गरिएको हो।
प्रतियोगितामा पूर्वमिस नेपाल माल्भिका सुब्बा र अस्मी श्रेष्ठ, मोडल सविता कार्की, भारतीय सुपर मोडल दिप्ती गुजराल र कोरियोग्राफर रेहान शाह निर्णायक रहेका थिए। प्रतियोगिताको कोरियोग्राफी रेहान शाहले गरेका थिए।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस