चितवन – सहकारी रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन ल्याइँदै छ। साहरा चितवन सहकारी लिमिटेडको रकम दुरुपयोगसम्बन्धी पूरक निवेदन मंसिर ५ गते दर्ता भएपछि बयानका लागि उनलाई काठमाडौंबाट चितवन ल्याउन लागिएको हो।
लामिछानेसँग यसअघि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिइएको थियो। बयानपछि, चितवन प्रहरीको अनुरोधमा जिल्ला अदालत चितवनले उनलाई बयानका लागि ल्याउने स्वीकृति दिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार लामिछानेलाई आज बिहानै हवाई उडानमार्फत चितवन ल्याइने तयारी छ।
साहरा चितवन सहकारीको सोही मुद्दामा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनालको दुई दिन लगाएर बयान लिइसकिएको छ। उनीहरूलाई चितवनमा उपस्थित गराई बयान प्रक्रिया पूरा गरिएको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति चितवनले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गर्ने तयारी गरेको छ।
चितवनमा जारी घटनाक्रमले सहकारी हिनामिनासम्बन्धी अनुसन्धानलाई थप गहिराइमा लैजाने प्रयास भइरहेको छ। रवि लामिछानेसँगको बयानपछि अनुसन्धानमा थप प्रगति हुने अपेक्षा गरिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस