
काठमाडौं । उदयपुरका बेलका नगरपालिका वडा नं ९ को मतगणना रोकिएको छ । ५०० मत गणना हुँदा २२० मत बदर भएपछि गणना रोकिएको हो ।
निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताका अनुसार सोमबार राती १ बजेसम्म ५०० मतगणना गर्दा २२० मत बदर भएको छ । बदर मत अत्यधिक देखिएपछि मतगणना रोकिएको हो । अहिले सर्वदलीय बैठक बस्न तयारीमा छ ।
पछिल्लो मत मतपरिणाम अनुसार नेकपा एमालेका मोहन खड्काले ८५ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका भरत घिमिरेले ८० मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका नवराज बस्नेतले ६२ मत पाएका छन् ।
यस वडामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पदम खड्काको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो ।
तीन हजार १६७ मतदाता रहेको यस वडामा एक हजार ८८५ मत खसेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस