
चितवनको राप्ती नगरपालिका–५ खहरे पुलमा बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।
शनिवार राति करिब ८ बजेको समयमा पूर्व–पश्चिम राजमार्गमा काँकडभित्ताबाट चितवनतर्फ आउदै गरेको प्र१–०१–००१ ख ४१३८ नम्बरको बसले पैदलयात्री राप्ती–६ बस्ने वर्ष ६२ को मनुराम महतोलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका महतोको भरतपुर अस्पतालमा उपचारको क्रममा शनिवार राति ९ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ भने बस र बस चालक झापा शिवसतासी गाउँपालिका–६ बस्ने वर्ष ४८ को देबेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस