• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

लोपोन्मुख रेड पान्डाको संरक्षण

December 1, 2024 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
लोपोन्मुख रेड पान्डाको संरक्षण

हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

जुम्ला, मङ्सिर १६ गते । लोपोन्मुख अवस्थामा रहेको हाब्रे (रेड पान्डा) संरक्षण गर्न जुम्लामा विभिन्न कार्यक्रम सुरु गरिएको छ । जुम्लाका केही सम्भावित स्थानमा साझेदार निकायमार्फत संरक्षणका कार्यक्रम थालिएको हो ।

जिल्ला समन्वय समिति, जिल्ला वन कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय र स्थानीय साझेदार संस्थाका पहलमा जुम्लामा रेड पान्डा संरक्षणको पहल भइरहेको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका अनुसार गैरसरकारी निकाय हातेमालो नेपालले जिल्लामा गरिरहेको काममा सबैले सघाउनुपर्ने बताउनुभयो । उहाँले लोपोन्मुख रेड पान्डाको संरक्षण मात्र नभई यस क्षेत्रमा काम गर्दा वनजङ्गल संरक्षणमा ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले रेड पान्डा संरक्षण अभियानका लागि सबै लाग्नुपर्ने र आगामी काममा समेत जिल्ला समन्वय समितिले समन्वय, सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । यसै गरी जुम्लामा रेड पान्डाको वासस्थान पहिचानदेखि संरक्षण, स्थानीय समुदायको क्षमता अभिवृद्धिका लागि काम गरिरहेको गैरसकारी संस्था कर्णाली विकास हातेमालो सेवा समाज र रेड पान्डा नेटवर्क नेपालले काम गरिरहेको छ । संस्थाले चार वर्षदेखि जुम्लामा खोजी, अनुसन्धान तथा सम्भावित क्षेत्रमा संरक्षणका कार्यक्रम गर्दै आएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा बसेको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा जुम्लामा भइरहेको काम, संरक्षणको सवाल, समस्या र चुनौतीका विषयमा जानकारी दिएको छ । कर्णाली विकास हातेमालो सेवा समाज नेपाल जुम्लाका कार्यकारी निर्देशक टेकबहादुर रावतले जुम्लामा रेड पान्डा संरक्षण विषयमा तातोपानी गाउँपालिका–४ र ८, सिँजा गाउँपालिका–२ र पातारासी गाउँपालिका–२ मा काम भइरहेको जानकारी दिनुभयो ।

कर्णाली विकास हातेमालो सेवा समाज नेपाल जुम्लाका अनुसन्धान अधिकृत शर्मिला श्रेष्ठका अनुसार त्यस क्षेत्रमा अनुसन्धान, अनुगमन, शिक्षा तथा सचेतनामा पहुँच, आवास व्यवस्थापन, दिगो जीविकोपार्जन, क्षमता अभिवृद्धिका क्रियाकलाप भइरहेको छ । उहाँले यी वडाका पाँच वटा वनमा अनुगमन गर्दा ६६ स्थानमा रेड पान्डाको दिसापिसाब देखिएको बताउनुभयो ।

माध्यमिक विद्यालय चुलेलगाउँमा विद्यार्थीलाई वातावरण संरक्षण विषयमा पढाइ, तीन वटा पालिकामा रेड पान्डा संरक्षण समिति गठन, सिद्धिविनायक वनमा रेड पान्डा खोजीका लागि नयाँ ब्लग स्थापना, तिला गाउँपालिका–९, महादेव ढुस्का सामुदायिक वनमा खोजी कार्य तथा नियमित अनुगमन गर्दै आएको छ ।

डिभिजन वन कार्यालय जुम्लाका वन अधिकृत प्रकाश देवकोटाले रेड पान्डा संरक्षण गर्ने स्थानमा बिरुवा रोप्ने काममा जिल्ला वन कार्यालयसँग समन्वय गरेमा आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले वनसम्पदा बचाउने कार्यक्रमसमेत भएकाले नाङ्गा डाँडाकाँडामा बिरुवा रोप्ने काममा प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो ।

जुम्लामा हिमपातका समयमा छिटपुट रेड पान्डा देखिने गरेको बताइन्छ । केही वर्षअगाडि सदरमुकाम खलङ्गासँगै जोडिएको चन्दननाथ–१, तलिचौरमा स्थानीय युवाले रेड पान्डा भेटाएका थिए । गएको माघ पहिलो हप्ता परेको भारी हिमपातका कारण बस्न र खान समस्या भएपछि रेड पान्डा गाउँ झरेको हुन सक्ने जिल्ला वन कार्यालयले जनाएको छ ।

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑