
काठमाडौं । रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदका लागि मतदान सुरु भएको छ । नेपाल कांग्रेस र नेकपा एमालेले साझा उम्मेदवार बनाएको यस पालिकामा केही बेरअघिबाट मतदान सुरु भएको हो ।
उपाध्यक्षमा नेपाली कांग्रेस र एमालेबाट एमालेकी केशकुमारी तुलाचन उम्मेदवार बनेकी छिन् भने माओवादी केन्द्रबाट नरपुरा बुढाले उम्मेदवारी दिएका छन् ।
गाउँपालिकामा रहेका १४ वडाका लागि २२ मतदान केन्द्र स्थापना गरिएको छ । यस क्षेत्रमा कूल ११ हजार १ सय ८० मतदाता छन्, जसमा ५ हजार ६ सय ७१ पुरुष र ५ हजार ५ सय ९ महिला मतदाता रहेका छन् ।
निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार, मतदाताहरू उत्साहपूर्वक मतदान प्रक्रिया सहभागी भइरहेका छन् । मतदान शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सुरक्षाका साथै निर्वाचन व्यवस्थापनका लागि विशेष तयारी गरिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस