
चितवन : वागमती प्रदेश सरकारलाई नेकपा माओवादी केन्द्र बागमती प्रदेश सभा सदस्यहरुले ज्ञापन पत्र बुझाएका छन् । संघियताको मर्म भावना अनुसार प्रदेश सरकार सञ्चालन नभएको र प्रदेशवासी जनताको सेवा, प्रदेश विकासको आकंक्षा र आवश्यकतलाई सम्बोधन नगरेको भन्दै माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलको नेतृत्वमा मुख्यामन्त्री बहादुर सिंह लामालाई ध्यानकर्षण पत्र बुझाइएको प्रदेश सभा सदस्य इश्वर सापकोटा ‘सुमन’ले जानकारी दिए ।
सरकारको सय दिन वा आर्थिक बर्षको पहिलो त्रैमासिक प्रगति ६.५ प्रतिशत मात्र हुनुले पनि सरकार आफ्नो काममा केन्द्रित छैन भन्ने स्पष्ट भएको सापकोटाले बताए ।
संघियताको मर्म भावना अनुसार प्रदेश सरकार सञ्चालन नभएको र प्रदेशवासी जनताको सेवा, प्रदेश विकासको आकंक्षा र आवश्यकतलाई सम्बोधन गर्दै अगाड िबढ्नुपर्नेमा प्रदेश सरकार आफै छ वा छैन भन्ने अवस्थामा पुगेको प्रदेशवासी नागरिकले प्रतिक्रिया दिइरहेको र सिंगो प्रदेशका लागि यो गम्भीर विषय बनेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको ठहर छ ।
ज्ञापन पत्रमा असोज ११ र १२ गतेको अविरल बर्षाका कारण भएको बाढी पहिरोले प्रदेशका विभिन्न जिल्लामा पु¥याएको सर्वदलिय बैठकका निर्णयहरु हुबहु अविलम्ब कार्यन्वयन गर्नुपर्ने, पूर्व सहमति बमोजिम तोकिएको सिलिंगमा अपुग भएको रकम थप गर्ने सन्दर्भमा २०८१ साल असोज ६ गते भएको सर्वदलीय बैठकको सहमति तत्काल कार्यन्वयन गर्नुपर्ने, प्रदेशका दीर्घकालिन महत्वका प्रदेश सडक, गुरुयोजना सुमदायमा आधारित उत्पादन कार्यक्रम वडा समाजवादी कार्यक्रम, प्रदेश विश्वविद्यालय सञ्चालन, समस्याग्रस्त सहकरीका समस्या समाधानका लागि त्यस सवालमा संलग्नहरुलाई राजनितिक पूर्वाग्रह र प्रभावको आधारमा उन्मुक्ति नदिई छानविनको दायरामा ल्याउनुपर्ने लगायतका मागहरु समेटिएका छन् ।
यी हुन् ८ बुदेँ ज्ञापनपत्र
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस