नारायणगड–मुग्लिन सडकअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ रामनगर बजारमा गएराति बस र अटो ठोक्किँदा अटो चालक गम्भीर घाइते भएका छन् ।
शनिवार राति ९ः५० बजेको समयमा काठमाण्डौबाट महेन्द्रनगरतर्फ आउदै गरेको ना ८ ख ८३५१ नम्बरको बस र बिपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३–००१ ह ६८० नम्बरको अटो आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटनामा परी अटो चालक भरतपुर–१ रामनगर बस्ने वर्ष ३६ को मेन चन्द्र गुरुङ गम्भीर घाइते भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । घाइते गुरुङको शरिरको भित्रि भागमा चोट लागेको छ ।
सुरुमा उपचारका लागि भरतपुर अस्पताल लगिएकामा थप उपचारको लागि चितवन मेडिकल कलेज रिफर गरिएको प्रहरी प्रवक्ता रिजालले बताए । बस र बस चालक कञ्चनपुर बेदकोट नगरपालिका–३ दैँची बस्ने वर्ष ५० को जगत बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस