• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

मधेसका ७ स्थानमा उपनिर्वाचन : १०३ जनाले दिए उम्मेदवारी

November 18, 2024 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
मधेसका ७ स्थानमा उपनिर्वाचन : १०३ जनाले दिए उम्मेदवारी

हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

यही मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि मधेस प्रदेशमा १०३ जनाले उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् ।

प्रदेशको सप्तरी, धनुषा, महोत्तरी र रौतहट गरी चार जिल्लाका सात स्थानमा उपनिर्वाचन हुन गइरहेको छ । सप्तरी, धनुषा, महोत्तरी र रौतहटका विभिन्न पालिकाको वडामा हुन लागेको निर्वाचनमा उम्मेदवार बन्नका लागि राजनीतिक दल र स्वतन्त्र गरी १०३ जनाले उम्मेवारी दर्ता गराएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुईवटा वडाका लागि १७, धनुषाको धनुषाधाम नगरपालिकाको वडाका लागि २१, महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडाका लागि २०, रौतहटका तीनवटा पालिकाको वडामा हुने निर्वाचनका लागि ४५ गरी कूल १०३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र सोही पालिकाको वडा नम्बर ४ हुने निर्वाचनका लागि १७ जनाले मनोनयन दर्ता गराएका छन् ।

डाक्नेश्वरी– १ मा एक स्वतन्त्रसहित ९ जना र वडा नम्बर ४ मा ८ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत गंगाकुमार मिश्रले जानकारी दिए ।

त्यस्तै धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मा हुने निर्वाचनमा २१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । धनुषाधाममा १२ वटा राजनीतिक दलले उम्मेदवारी दिएका छन् भने ९ जनाले स्वतन्त्र रुपमा उम्मेवारी दर्ता गराएका छन् ।

नेकपा (माओवादी केन्द्र)बाट सुनिल कापर केवट, नेपाली कांग्रेसबाट अशोककुमार मण्डल, नेकपा (एमाले)बाट प्रमोद यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अजयकुमार यादव, जनता समाजवादी पार्टी (जसपा)बाट अरुण सादा, जनमत पार्टीबाट कुशेश्वर मण्डल, नेकपा (एकीकृत समाजवादी)बाट गोपाल साह सुडी, बहुजन एकता पार्टी नेपालबाट प्रमिलाकुमारी सदा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबाट फौदार सादा मुसहर, राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रामनरेश दास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रामदेव सिंह दनुवार र राजपा नेपालबाट लक्ष्मीनियाँ देवीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा हुन लागेको निर्वाचनमा २० जनाले उम्मेदवारी दिएका छन् । सो वडामा ८ वटा राजनीतिक दलबाट उम्मेदवारी दिएका छन् भने १२ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादी केन्द्रबाट आइतीकुमारी यादव, कांग्रेसबाट मोहम्मद जनिफ खाँ, रास्वपाबाट सुरमैद खाँ, एमालेबाट सकिवुल खाँ, राप्रपाबाट मो. मनान खाँ, जसपा नेपालबाट मो. नजामुद्दिन खान, राजपा नेपालबाट राजेशकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै रौतहटका विभिन्न पालिकाका वडामा हुने निर्वाचनमा ४५ जनाले उम्मेदवारी दिएका छन् । राजपुर नगरपालिका वडा नम्बर ६ मा १४, ईशनाथ नगरपालिका वडा नम्बर ७ मा १५ र गढीमाई नगरपालिका– ८ को वडाअध्यक्षका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी गढीमाई नगरपालिका वडा नम्बर ८ एमालेको तर्फबाट जीउतीदेवी यादव, एकीकृत समाजवादीबाट बजरंगीप्रसाद यादव, कांग्रेसबाट सुवोधकुमार यादव, जसपा नेपालबाट सन्देशप्रसाद यादव, राष्ट्रिय मातृभूमि पार्टीबाट साहेवलाल राउत र जनमत पार्टीबाट सुरेश राउत कुर्मीले मनोनयन दर्ता गराएको वडा निर्वाचन अधिकृतसमेत रहेका न्यायाधिवक्ता मुम्मद मुन्नाले जानकारी दिए ।

यस्तै ईशनाथ नगरपालिका– ७ मा कांग्रेसबाट शेख अब्दुल खालिक, माओवादी केन्द्रबाट शेख अमिरुल, जनमत पार्टीबाट शेख जमिरुल हक, जसपा नेपालबाट शेख अब्दुर अहद, एमालेबाट शेख अनवार, राप्रपाबाट मदन साह, एकीकृत समाजवादीबाट सदरे आलमले दर्ता गराएका छन् ।

राजपुर नगरपालिका वडा नम्बर ६ मा जनमत पार्टीका क्यामुदिन धुनिया, माओवादी केन्द्रबाट जिकरुलाह, एमालेबाट मो. नसिम अख्तर, कांग्रेसबाट समसे आलम, राप्रपाबाट रामनारायण प्रसाद जयसवाललगायतले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतसमेत रहेका रौतहट जिल्ला अदालतका मुख्य न्यायाधीश मनोज केसीले जानकारी दिए ।

सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारका विरुद्धमा उजुरी दिन सकिने छ । सोही दिन दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने प्रदेश निर्वाचनको कार्यालय मधेश प्रदेशले जनाएको छ ।

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑