चितवनमा UK अध्ययनका लागि इच्छुक विद्यार्थीहरुलाई लक्षित गर्दै अस्ट्रेलियन हब एजुकेसन एक्स्पर्ट काउन्सेलिङ्गले शैक्षिक मेला आयोजना गर्ने भएको छ। कात्तिक २९ गते (नोभेम्बर १४, बिहीबार) हुने यस मेलामा, विदेश अध्ययनको प्रक्रिया सहज बनाउन प्रत्यक्ष परामर्श सेवा प्रदान गरिनेछ।
अस्ट्रेलियन हब एजुकेसन एक्स्पर्ट काउन्सेलिङ्गका प्रबन्ध निर्देशक सावित्री लम्सालका अनुसार, यस मेलामा IELTS वा PTE बिना नै नेपालका विद्यार्थीहरुलाई न्यूनतम खर्चमा UK पठाउने उद्देश्य रहेको छ। चितवनबाट UK अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उनीहरुको शैक्षिक योग्यता अनुसार उचित विश्वविद्यालय र विषय छनोटमा सहयोग पुर्याउन मेला आयोजना गरिएको हो।
मेलामा विश्वविद्यालय प्रतिनिधि टोमले विद्यार्थीहरुसँग प्रत्यक्ष भेटघाट र परामर्श दिनेछन्। यसले विद्यार्थीहरुलाई विश्वविद्यालयको अध्ययन प्रक्रिया, आवेदन प्रक्रियाबारे जानकारी, र छात्रवृत्तिका अवसरबारे प्रत्यक्ष बुझ्न सहयोग पुर्याउने प्रबन्ध निर्देशक सावित्री लम्सालले जानकारी दिनुभयो।
मेलाको समय बिहान ११:३० बजेदेखि दिउँसो २:०० बजेसम्म हुनेछ। यस अवसरमा सहभागी विद्यार्थीहरुले विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गरी अध्ययन गन्तव्य छनोट गर्न, आवेदन प्रक्रिया बुझ्न, र छात्रवृत्तिको जानकारी प्राप्त गर्न सक्नेछन्।
विद्यार्थीहरुले यो अवसरको अधिकतम उपयोग गर्न प्रबन्ध निर्देशक सावित्री लम्सालले सबैलाई मेलामा सहभागी हुन आह्वान गर्नुभएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस