
२७ कार्तिक रुपन्देही । लुम्बिनी विकास कोषको परिषद बैठकले आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा काठमाण्डौमा बसेको परिषद बैठकले बजेट पारित गरेको हो । परिषदले कुल ७७ करोड ५५ लाख ९२ हजारको आय–व्यय अनुमान गरी प्रस्तुत बजेट पारित गरेको हो ।
कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले प्रस्तावित गरेको आन्तरिकतर्फ ३२ करोड ५५ लाख ९२ हजार र नेपाल सरकारको अनुदान ४५ करोड गरी उक्त कुल आम्दानी खर्चको अनुमान गरेको हो । गतवर्ष आन्तरिकमा २३ करोड र नेपाल सरकारको अनुदान ४५ गरी ६८ करोडको बजेट रहेको थियो ।
कोषका सदस्यसचिव सानुराजा शाक्यले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए उक्त दुवै प्रतिवेदन सुझावसहित पारित गरिएको छ ।
प्रस्तुत बजेट नीति र कार्यक्रमहरुले आय बढाउन दर्शनार्थीहरुको संख्या बढाउने, दीयो बत्तिको सेवालाई थपबृद्धि बिस्तार गर्ने, उपहार, दान तथा चन्दा व्यवस्थापन गर्ने, काठ लिलाम बिक्री, पार्किंग, जग्गा भूशुल्क, लुम्बिनी प्रबद्र्धनात्मक सामग्री उत्पादन र वितरणमा प्राथमिकता दिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस