चितवनमा आज (शनिबार) गैँडाले आक्रमण गर्दा एक व्यक्ति घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, भरतपुर महानगरपालिका-२७ मेघौलीका २८ वर्षीय जग बहादुर माझि गैँडाको आक्रमणबाट घाइते भएका हुन्।
प्रहरीका अनुसार, बिहान ९ बजे माझि दुई जना विदेशी पर्यटकलाई घुमाउन हिडिरहेका थिए, त्यस बेला गैँडाले अचानक आक्रमण गरेको हो। आक्रमणबाट माझिको पेटमा चोट लागेको छ। उनलाई भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ, र उनको अवस्था मध्यम बताइएको छ।
घटनामा विदेशी नागरिक सुरक्षित रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस