चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद विक्रम पाण्डेले भरतपुर महानगरपालिका-१५ स्थित महेन्द्र चोकको इतिहास मेटाउने कोसिस भएको आरोप लगाएका छन्।
पूर्वमन्त्री समेत रहेका पाण्डेले एक विज्ञप्ति जारी गर्दै महेन्द्र चोकमा गरिएको तोडफोडले चितवनबासी र सम्पूर्ण नेपाली जनताको आत्मसम्मानमा चोट पुगेको बताएका छन्।
महानगरको निर्देशनमा कात्तिक २३ गते साँझ राजा महेन्द्रको शालिक राख्न बनाइएको संरचना हटाइएको थियो। पाण्डेले भने, “यसको जवाफ उचित समयमा जनताले दिनेछन्। महेन्द्र चोक अब झन् व्यवस्थित हुनेछ। इतिहास र परम्पराको अपमान गरेर कुनै व्यक्ति, समाज वा राष्ट्रले प्रगति गर्न सक्दैन। अब सारा नेपाल र नेपाली जनताले नयाँ विकल्प खोज्नेछन्।”
चितवनमा राजा महेन्द्रको योगदानको सम्झनामा राखिएको महेन्द्र चोकमा गरिएको तोडफोडलाई चितवनबासीले गम्भीरता साथ लिएको पाण्डेले थपे।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस