
काठमाडौं : कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज रूपन्देही लैजाने तयारी गरिएको छ। उनलाई सहकारी ठगी, सङ्गठित अपराध, र सम्पत्ति शुद्धिकरण जस्ता अभियोगमा थप अनुसन्धानका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिने भएको हो।
कास्की प्रहरीले कार्तिक २ गते पक्राउ गरी २४ दिनदेखि हिरासतमा राखिएका लामिछानेका लागि कास्की जिल्ला अदालतबाट थप १३ दिनको हिरासत अवधि स्वीकृत गराएर रूपन्देही लैजाने तयारी गरेको छ। स्रोतका अनुसार, सोमबार साँझको विमानमार्फत पोखराबाट भैरहवा पुर्याइने योजना बनाइएको छ।
रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको थियो। थप अनुसन्धानका क्रममा, बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिनामा पनि लामिछानेको संलग्नता रहेको आशङ्का गरिएको छ। रूपन्देही जिल्ला अदालतले यस विषयमा अनुसन्धानका लागि पक्राउ अनुमति दिएको छ।
प्रहरीका अनुसार, उनलाई बुटवलमा रहेको सहकारी हिनामिना प्रकरणका विषयमा थप बयानका लागि लगिँदै छ, जहाँ प्रहरीको अनुसन्धान टोलीले विस्तृत बयान संकलन गर्नेछ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस