चितवन । नेकपा (एमाले) चितवनले नेपालीहरुको महान् चाड शुभ–दीपावलीको पावन अवसरमा सुरु गरेको देउसी भैलो कार्यक्रम समापन गरिएको छ ।
कार्तिक १५, १६ र २० गते देउसी भैलो खेलिएको हो । १५ गते भरतपुर महानगरपालिका १२ का वडा अध्यक्ष हरि पन्तको निवास, भतपुर ११ को वडा कार्यालय नजिकै कुमारी चोक, नारायणगढ जेसीज भवन अगाडि र भरतपुर अस्पताल रोडमा जिल्ला प्रहरी कार्यालय नजिकै देउसी खेलिएको एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए ।
उनका अनुसार कार्तिक १६ गते भण्डारा, पर्साको चौबिसकोठी र रत्ननगरमा देउसी भैलो खेलिएको हो । त्यसैगरी २० गते खोलेसमिल, शक्तिखोर बजार र मुग्लिन बजारमा देउसी खेली कार्यक्रमको समापन गरिएको हो ।
मौलिक तरिकाले देउसी खेलेर संस्कृतिलाई जगेर्ना गर्नुपर्छ भन्ने सन्देश दिन एमालेले विगतमा पनि देउसी भैलो कार्यक्रम गर्ने गरेको बताउँदै एमाले चितवनका अध्यक्ष कमलराज पाठकले यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको बताए ।
उल्लासमय तरिकाले देउसी भैलो कार्यक्रम सम्पन्न भएको बताउँदै अध्यक्ष पाठकले देउसी भैलोमा सहभागि भएका नेता, कार्यकर्ता, शभेच्छुक, समर्थक र स्थानीयहरुलाई धन्यावाद ज्ञापन गरेका छन् । देउसी भैलोमा एमालेबाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका विभिन्न जनप्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस