• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

आज छठ पर्वको तेस्रो दिन : अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

२०८१ कार्तिक २२, बिहिबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
आज छठ पर्वको तेस्रो दिन : अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै


हेल्लो चितवन अन्लाईन्
(८ महिना अघि)

भरतपुर । छठ पर्वको तेस्रो तथा मुख्य दिन आज बिहीबार व्रतालुहरुले पोखरी, खोला तथा नदीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन् । छठ पर्वको मुख्य दिन भएकाले सरकारले बिहीबार पनि सार्वजनिक बिदा दिएको छ ।

छठको चौैथो दिन अर्थात् भोलि शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । सूर्य भगवान्को पूजा गर्नका लागि तराई सामुदायिक सेवा समिति नारायणगढले नारायणी नदीकिनारमा टेन्ट, बत्ती जडानलगायतका व्यवस्थापकीय कार्य गरिरहेको छ ।

यसवर्ष नदीमा आएको बाढीले नदीकिनारको मैदान बिगारेको थियो । समितिले १० दिन लगाएर जमिन सम्याउने काम गरेको हो । बिहीबार दिउँसो १ बजेदेखि श्रद्धालुहरु आउने भएकाले त्यसअगाडि नै व्यवस्थापकीय तयारी पूरा हुने तराई सामुदायिक सेवा समिति नारायणगढका सल्लाहकार राजकुमार शाहले बताए । ‘नदीकिनारलाई पूजा गर्न मिल्ने बनाउन महानगरले पनि प्राविधिक सहयोग ग¥यो । करिब १० दिन लगाएर हामीले जमिन सम्याउने काम गरेका हौँ’, उनले भने ।

समितिले नारायणी नदीकिनारमा २०४८ सालदेखि पूजा व्यवस्थापनको काम गर्दै आएको समितिका पूर्वअध्यक्ष राजकुमार कानुले बताए । नदीकिनारमा सूर्य भगवान्को मूर्ति, अखण्ड ज्योति र निःशुल्क चियापानको व्यवस्था हुने उनले बताए ।

बुधबार साँझ घरमै पूजा गरी प्रसाद खाएका व्रतालुहरु बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिन नारायणी नदीकिनार पुग्नेछन् । बुधबार प्रसाद खाएपछि कठोर व्रत बसेका व्रतालुले शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्रै भोजन गर्छन् ।

समितिका सल्लाहकार नारदप्रसाद परिहस्तले शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिने व्रतालुका लागि प्रसाद वितरण गरिने बताए । पूजा व्यवस्थापनमा करिब आठ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको उनले जानकारी दिए । उनका अनुसार उक्त रकम श्रद्धालुहरुबाट सहयोगबापत प्राप्त हुने गरेको छ । पछिल्लो समय पहाडी मूलका श्रद्धालुले समेत छठ पर्व मनाउने गरेको उनी बताउँछन् । अर्घ दिनलाई गाईको दूधसमेत निःशुल्क वितरण गरिने छ ।

पूजाका क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरी सशस्त्र प्रहरीको रेस्क्यु टिम, एम्बुलेन्स, प्राथमिक उपचारका लागि चिकित्सकसहितको टोली तयारी अवस्थामा राखिने उनले बताए । नारायणीकिनारबाहेक कालिका, रत्ननगर, माडी, भण्डारा, खैरहनी, दिव्यनगरलगायतका खोला तथा नदीकिनारमा पनि श्रद्धालुहरुले छठ पर्व मनाउने छन् ।

व्रतालुले विभिन्न परिकार, पाँचथरीका मिठाई, उखु, अदुवा, नरिवल, मुुला, सुथनी, सुपारी, ल्वाङ, सुकमेललगायतका प्रसाद बाँसको टोकरी, नाङ्लो र सिपुलीमा राखेर नजिकको जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् । लामो समय सन्तान नभएकाले यो पर्व मनाएपछि सन्तान प्राप्ति हुने विश्वाससमेत रहेको छ । दीर्घरोगीजस्ता व्यक्तिहरुले पनि यो पर्व मनाए रोग निको हुने विश्वास छ ।

मानव सभ्यताको सुरूदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ । अग्निपुराणमा पनि षष्ठी व्रतको प्रसङ्ग उल्लेख छ । १४ वर्षको वनवास र एक वर्षको अज्ञात वास बसेको बेला कुन्ती, द्रोपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेतायुगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा चैते छठ पर्व मनाइन्छ ।

छठको दोस्रो दिन बुधबार व्रतालुु ‘खरना’ विधि पूरा गरेका छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथी मंगलबार ‘नहाय–खाय’ सम्पन्न गरेका थिए ।

बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ व्रतालुुले त्यही खिर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।

श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालुु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने व्रतालुुले सूर्यास्तपछि चन्द्र दर्शन गरेर यो विधि सम्पन्न गरेका हुन् ।

बाट थप

  • क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासाक्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
  • यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बरयो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर
  • रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बररूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर
  • बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोसबर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँ

    काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँ

    आजको मौसमः कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने

    आजको मौसमः कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने

    आजको राशिफलः २०८२ असार २९ गते आईतबार

    आजको राशिफलः २०८२ असार २९ गते आईतबार

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    एमालेको सचिवालय बैठक शुरु

    एमालेको सचिवालय बैठक शुरु

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    समाचार
    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑