चितवनको रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् ।
गएराति १२ः२५ बजेको समयमा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको मधेस प्रदेश०१–००१ ख ०४५७ नम्बरको बस र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना २४ प १९१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुई सवारी साधन आपसमा ठोक्किई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना गम्भिर घाइते भएको भएका थिए । घाइतेमध्ये रत्ननगर–१३ अमिलिया बस्ने अन्दाजी २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति १२ः५१ बजे मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
सोहि ठाउँ बस्ने अन्दाजी २० वर्षीय साहिल परियार र अन्दाजी २१ वर्षीय सञ्जय लामा गम्भिर घाइते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । परियारको टाउको र दाहिने खुट्टामा चोट लागेको छ भने लामाको दाहिने खुट्टा, हात र अनुहारमा चोट लागेको प्रहरीले बताएको छ ।
बस चालक सिराहा मिर्चैया नगरपालिका–९ बस्ने बर्ष ४६ को सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस