• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ २, सोमबार | Mon, 16, Jun, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कडा प्रतिस्पर्धाबीच आज अमेरिकामा राष्ट्रपतीय निर्वाचन, के नेपालीको मत निर्णायक हुन सक्छ ?

२०८१ कार्तिक २०, मंगलबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
कडा प्रतिस्पर्धाबीच आज अमेरिकामा राष्ट्रपतीय निर्वाचन, के नेपालीको मत निर्णायक हुन सक्छ ?


हेल्लो चितवन अन्लाईन्
(७ महिना अघि)

विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुँदै छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी छ । उक्त निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् ।

निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य)को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो । मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर्वाचनमार्फत हुने सत्ताको परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पार्ने कतिपयको धारणा छ । आफ्नो पक्षका उमेदवारलाई विजयी गराउन दुवै पार्टीले आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका छन् ।

यो पटकको निर्वाचनमा पनि विगतका निर्वाचन जस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्र्याट र रिपब्लिकन पार्टीले आफ्नो एजेण्डा तय गरेका छन् । कोभिड महामारीपछि अर्थतन्त्र केही चलायमान बन्ने प्रयत्न गरेको भए पनि मूल्यवृद्धिले असर परेको छ ।

खाद्यवस्तु, इन्धनका साथै सबै खालका वस्तु तथा सेवामा परेको असरले मध्यमस्तरको आय हुनेहरुका लागि कठिन आर्थिक अवस्था सिर्जना गरेकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

तुलनात्मक रुपमा आप्रवासीहरुप्रति नरम नीति अङ्गीकार गर्ने डेमोक्र्याट पार्टीले अमेरिकाको इतिहासमा पहिलो पटक महिलालाई सर्वोच्च कार्यकारी अधिकार प्रदान गर्नेगरी कमला ह्यारिसलाई मैदानमा उतारेको छ । उता अनेकन मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा सत्ता आरोहणका लागि कडा मेहनत गरिरहेका छन् ।

स्वीङ राज्यहरु निर्णायक

अमेरिकामा रहेका कूल ५० राज्यमध्ये मुख्य सात एरिजोना, जर्जिया, मिचिगन, नाभडा, नर्थ क्यारालिना, पेन्सलभेनिया र विसकन्सिनलाई स्विङ (मतदाताले अन्तिम समयमा निर्णय गर्ने) राज्यका रुपमा परिभाषित गरिएको छ । यसमध्ये सबैभन्दा बढी ध्यान पेन्सल भेनियामा रहेको छ । यी राज्यहरुको विगतको निर्वाचनको नतिजा हेर्दा सन् २०१६ मा डोनाल्ड ट्रम्पले पाँच वटा स्वीङ राज्यमा जीत हासिल गरेर निर्वाचित भएका थिए । यता सन् २०२० मा जो वाइडेनले ६ वटा राज्यमा जीत हासिल गरेर राष्ट्रपति बन्न सफल भएका थिए ।

पेन्सलभेनिया कति महत्वपूर्ण छ भन्ने विषय उक्त राज्यमा रिपब्लिकन र डेमोक्र्याट पार्टीले सबै प्रकारका चुनावी अभियानमा सबै प्रकारका सञ्चारमध्यमहरुमा खर्च गरेका एक अर्ब २० करोड डलरको विज्ञापनले पनि पुष्टि गर्छ । सन् २०२४ को चुनावमा अमेरिकाभर कूल १० अर्ब ५३ करोड विज्ञापनमा खर्च गरिएकामा त्यसमध्ये ११ प्रतिशत एउटै राज्यमा खर्च गरिएकोबाट पनि पुष्टि हुन्छ ।

कूल ९१ लाख मतदाता रहेको पेन्सलभेनियामा अर्लि भोटिङमार्फत १६ लाख २० हजारले मतदान गरिसकेका छन् । उक्त राज्यमा निर्वाचनको दिन अर्थात् आज बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ ।

नेपालीहरुको मत निर्णायक हुन सक्छ ?

व्याटल ग्राउण्ड अर्थात् मुख्य प्रतिस्पर्धा हुने राज्यका रुपमा रहेको पेन्सलभेनियाको निर्वाचन निर्णायक हुने भनेर सरोकार भएका संयन्त्रको ध्यान केन्द्रित हुनुका साथै निर्वाचन समितिको परिचालन भइरहेको छ । सो राज्यमा करिब २५ हजार नेपाली भाषीको मतदानको अधिकार रहेकाले उनीहरु निर्णायक हुनसक्ने बताइएको छ ।

नेपाली मतदातालाई निर्वाचनसम्बन्धी जनचेतनाका लागि पेन्सलभेनियाको हयारिसवर्गमा आइपुगेका अमेरिकी राजनीतिज्ञ डा. ह्यारी भण्डारीले यो स्थान निर्वाचन निर्णायक बनाउन सक्ने भएकाले निकै महत्वपूर्ण रहेको बताए । शनिबार मात्रै उनको अगुवाइमा मेरिल्यान्डबाट ५१ जना स्वयंसेवक परिचालन गरी भोट माग्न जुटेका भण्डारीले हरेक मतको मूल्य हुने बताए ।

भण्डारीले भने, “हामीले यहाँ बसेर जसरी यहाँको राजनीतिमा योगदान दिइरहेका छौँ, यो भावी पिँढीका लागि झन् बढी प्रेरक बन्नेछ । एक आप्रवासीका रुपमा जसरी दोस्रो पुस्तामा कमला ह्यारिसले एउटा गर्विलो इतिहास कोर्ने जर्मको गरिरहनुभएको छ, यसले धेरै आप्रवासीलाई प्रेरणा दिने विश्वास लिएका छौँ ।”

राजनीति पद र प्रतिष्ठामात्र नभएर यसले मानिसका जीवनमा आइपर्ने अनेकन समस्यालाई जुध्न अभिभावकको भूमिका खेल्ने उनको भनाइ छ । “व्यवसाय गर्नेहरुका लागि रोजगारीको अवसर सिर्जना गर्ने वातावरण बनाउने र धेरै नीति गत परिवर्तनमार्फत आन्तरिक र बाह्य रुपमा एक सशक्त उपस्थिति जनाउने काम राजनीतिले गर्छ,” उनले भने, “त्यसैले यस्तो विषयलाई सम्बोधन गर्नसक्ने सशक्त उम्मेदवार डेमोक्र्याट पार्टीकी ह्यारिस हुन सक्नुहुन्छ भन्ने मेरो विश्वास छ ।”

पेन्सलभेनियालाई मुख्य मतदान केन्द्रका रुपमा मानिएको छ । यो व्याटल ग्राउण्ड स्टेट हो र यसमा सन् २०१६ र २०२० को मतदानको विश्लेषण गर्दा झिनो अन्तरले विजयी भएको देखिन्छ । त्यसैले नेपाली अमेरिकनहरुको मतले एउटा निर्णायक भूमिका निर्वाह गर्नसक्ने उनको धारणा छ ।

“राजनीतिक विश्लेषण गर्दा यो पटक निकै प्रतिस्पर्धा हुने देखिएको छ । यही प्रतिस्पर्धामा हामी नेपालीहरुको मत महत्वपूर्ण मानिने विश्वास लिएका छौँ । हामीहरुले पेन्सलभेनियामा रहेका नेपाली भाषीहरुलाई भोट हाल्नका लागि प्रेरित गर्न सम्भव भएसम्म हरेक नेपालीको घरमा पुगेका छौँ,” स्थानीय रुपमा राजनीतिमा सहभागी अभिषेक थापाले भने, “एउटा क्षेत्रमा मात्रै पनि करिब चार हजार पाँच सय नेपाली मतदाता छन् । ती ठाउँबाट हामीहरु मतदान गर्न प्रेरित गरिरहेका छौँ ।”

पेन्सलभेनियामा सामाजिक तथा राजनीतिक काममा सक्रिय रहँदै आएकी विनिता पुरीले मतदान प्रक्रिया र राजनीतिमा सक्रिया सहभागिता जनाउन नेपाली भाषी समुदायका बीचमा विभिन्न कार्यक्रम गर्दै आएको बताइन् । उनले भनिन्, “हामीले मतदातालाई सचेत बनाउन अभियान सञ्चालन गर्दे आएका छौँ, यसैले यसपटकको मतदानमा धेरैभन्दा धेरैले मतदान प्रक्रियामा भाग लिनुहुनेछ भन्ने विश्वास लिएकी छु ।”

पेन्सलभेनियामा नै बस्दै आएका जीवन दाहालले भने आफैँ पनि डेमोक्र्याटिक पार्टीमा विश्वास गर्ने भएकाले ह्यारिसलाई विजयी गराउन आह्वान गरे ।

“एक नागरिकका रुपमा हामीले मतदानमा भाग लिनु र आफूले मन पराएको उमेदवारलाई विजयी गराउनुपर्छ । हामी अमेरिकामा एक आप्रवासीका रुपमा आएका छौँ,” प्रकाश ढुङ्गानाले भने, “यसलाई संवैधानिक अधिकारका रुपमा उपयोग गर्दै राजनीतिक मार्गचित्र तयार गर्नुपर्छ जसले गर्दा भावी पिँढीलाई राजनीतिमा लाग्न प्रेरणा प्रदान गरोस् ।”

नेपाली पनि दुवै पक्षधर

आप्रवासीहरुप्रति नरम नीति लिने डेमोक्र्याट पार्टीका पक्षमा धेरै नेपाली देखिएको भए पनि रिपब्लिकन अर्थात् ट्रम्प समर्थक पनि भेटिन्छन् । नेपाली अमेरिकनहरुले भने आफ्नो सामाजिक सञ्जालमा प्रशस्त टिप्पणी र पोष्टहरु राखेका छन् ।

ब्याटल ग्राउण्ड स्टेटको विश्लेषण
अमेरिकाको राजनीतिलाई अत्यधिक प्रभाव पार्ने राज्यका रुपमा अहिले पेन्सलभेनिया रहेको छ । उक्त राज्यमा ६७ वटा क्षेत्र (काउन्टी)मध्ये केही काउन्टीका मतदाता दुवै पक्षमा रहेका पाइएको छ ।

समर्थकहरुले मतदानमा निर्णय भूमिका निर्वाह गर्ने चुनावी अभियानमा सहभागी स्वयंसेवकको भनाइ छ ।

चुनावी र्‍यालीको अन्तिम

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा चुनावी र्‍यालीको अन्तिम तयारीस्वरुप स्थानीय समयअनुसार सोमबार अपराह्न पेन्सलभेनियाको फिलाडेल्फिया म्युजियम अफ आर्ट अगाडि आयोजना हुने र्‍यालीलाई उपराष्ट्रपति ह्यारिसले सम्बोधन गरेकी छन् । रिपब्लिकन उमेदवार ट्रम्पले पनि सोमबार साँझ पेन्सलभेनियामा आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् ।

अमेरिकाको यसपटकको निर्वाचनले २४८ वर्षको इतिहासमा महिला राष्ट्रपतिको इतिहास निर्माण गर्नेछ वा पूर्वराष्ट्रपति ट्रम्पको दोस्रोपटक ह्वाइट हाउसको यात्रालाई निरन्तरता दिनेछन् भन्ने विषयको निर्क्यौल आज हुने निर्वाचनले गर्नेछ ।

कूल २३ करोड १० लाख मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि दर्ता (रजिस्टर्ड) गरेका तथ्यांक छ । यसैगरी कूल इलेक्ट्रोल कलेजको ५३८ मध्ये २७० भोट ल्याउनेले निर्वाचनमा जीत हासिल गर्न सक्नेछन् । रासस

बाट थप

  • शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुनशाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन
  • हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथहिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ
  • ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो
  • इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियोइरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

    ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

    ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

    इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    आँप खाँदा आउँन सक्छ पिम्पल, जोगिने यी ५ उपाय जान्नुहोस्

    आँप खाँदा आउँन सक्छ पिम्पल, जोगिने यी ५ उपाय जान्नुहोस्

    बिधायन ब्यवस्थापन समितिको बैठक बस्दैँ

    बिधायन ब्यवस्थापन समितिको बैठक बस्दैँ

    प्रतिनिधिसभा बैठकमा बजेट माथी उठेका बिषयको अर्थमन्त्रीले जवाफ दिने

    प्रतिनिधिसभा बैठकमा बजेट माथी उठेका बिषयको अर्थमन्त्रीले जवाफ दिने

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    चौबिसकोठीमा प्रहरीले कागजात चेकिङ: सवारी सुरक्षामा कडाइ

    चौबिसकोठीमा प्रहरीले कागजात चेकिङ: सवारी सुरक्षामा कडाइ

    समाचार
    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

    ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

    ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

    इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑