• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ ४, बुधबार | Wed, 18, Jun, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

एउटै नदीमा पाँच जलविद्युत् आयोजना

२०८१ कार्तिक १३, मंगलबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
एउटै नदीमा पाँच जलविद्युत् आयोजना


हेल्लो चितवन अन्लाईन्
(७ महिना अघि)

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ विद्युत् उत्पादनको तयारी गरेका हुन् ।

तीन वटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार ५० प्रतिशत निर्माण सकिएको २२।५ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पनि आगामी एक वर्षभित्र विद्युत् उत्पादनको तयारी गरेको छ ।

“८५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७।५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१।३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना एकैसाथ सम्पन्न हुने चरणमा छन्”, अध्यक्ष भडारीले भन्नुभयो, “४० मेगावाट क्षमताको राहुघाट र २२।५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोलाको निर्माणले पनि गति लिएको छ ।”

राहुघाटले एक वर्षभित्र उत्पादन सुरु गर्ने

नेपाल विद्युत् प्राधिकरणको सतप्रतिशत लगानीमा स्थापित रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको राहुघाट जलविद्युत् आयोजनाले सन् २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम गरिरहेको आयोजनाका व्यवस्थापक राज विष्टले बताउनुभयो । गत साउनमा छ दशमलव दुई सय ७० किलोमिटर लामो सुरुङको ब्रेक थ्रु भएको राहुघाटको बाँध र विद्युत्गृहको अधिकांश संरचना निर्माण सकिएका उहाँले जानकारी दिनुभयो ।

तुदी पावरका दुई आयोजना

अपर राहुघाट र मङ्गले राहुघाटको प्रवर्द्धक तुदी हाइड्रोपावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले दुईवटै आयोजनाको सुरुङ निर्माण सकिएको, विद्युत्गृह, बाँध निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । राहुघाटको बाँधदेखि करिब चार सय मिटर माथि अपर राहुघाटको विद्युत्गृह छ ।

रु १४ अर्ब लागतमा विसं २०७७ मा मङ्गले राहुघाट र राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको थियो । चारदेखि पाँच महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको अपर राहुघाटका इञ्जिनियर नरोत्तम कार्कीले बताउनुभयो ।

प्रसारण लाइनको पर्खाइमा ठूलोखोला

संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको २१ दशमलव दुई मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माण सकेको छ । मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले ठूलोखोला जलविद्युत् आयोजनाको २२० केभी क्षमताको प्रसारण लाइन आयोजना निर्माणका लागि छ दशमलव शूल्य छ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

उक्त आयोजनाले प्रसारण लाइन र सवस्टेशनको प्रतिक्षा गरिरहेको आयोजनाका आवासीय इञ्जिनियर सञ्जीव न्यौपानेले बताउनुभयो । २२।५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको बाँध, पेनस्टक पाइपलाइन निर्माणलाई तीव्रता दिइएको भन्दै विद्युत्गृह निर्माण सुरु भएको आयोजनाको करिब ६० प्रतिशत भौतिक प्रगति भएको उहाँले जानकारी दिनुभयो ।

माथिल्लो ठूलोखोलाबाहेकका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । माथिल्लो ठूलोखोलाको बिजुली भने दाना सबस्टेसनमा लैजान प्रसारण लाइन निर्माण थालिएको छ ।

राहुघाट र आसपासका खोलामा पाँच दशमलव पाँच मेगावाट क्षमताको बगरखोला, चार दशमलव ७५ मेगावाटको स्यानोखोला, चार दशमलब ९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा छन् ।

प्रसारण लाइन र सवस्टेशन निर्माणाधीन

नेपाल विद्युत प्राधिकरणमार्फत म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एशियाली विकास बैंकको ऋणमा सबस्टेसन र प्रसारण लाइन निर्माणाधीन छन् ।

मालिका गाउँपालिका–७ बिमबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाँउमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो ९एलएनटी० सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।

निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीसँगको सम्झौताको म्याद १५ महिना थपिएको छ । आयोजना प्रमुख रोशन अग्रवालले गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद सन् २०२५ को नोभेम्बर १६ सम्म थप भएको जानकारी दिनुभयो ।

“तीस महिनाको अवधिमा समग्रमा ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ”, उहाँले भन्नुभयो, “राहुघाटमा कमजोर भू–बनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माण स्थलमा समुदायको विवादले आयोजना निर्माण अवधी लम्बिएको हो ।”

एक सय ३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने डाँडाखेत सबस्टेसनको सिभिलतर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ । भूमिगत पानी र पहिरो प्रभावित राहुघाटमा सबस्टेशनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि गत जेठ महिनादेखि नेपाली सहायक ठेकेदार डिएल स्ट्रक्चरले काम थालेको थियो ।

दुई २०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको प्लट बनाउने कामलाई तीव्रता दिइएको एनएलटीका आयोजना व्यवस्थापक सुवासचन्द्र शर्माले बताउनुभयो ।

अम्बाङमा सबस्टेसन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो । एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ८२ टावरमध्ये हालसम्म करिब ४० वटा निर्माण सकिएको छ ।

रघुगङ्गा गाउँपालिकाको वडा नं ३, बेनी नगरपालिकाको ९, १०, मङ्गला गाउँपालिकाको वडा नं १, मालिकाको वडा नं ६ र ७ मा प्रसारण लाइनको टावर निर्माणस्थल हुन् । म्याग्दी नदीमा १७२।८ मेगावाट क्षमताको चार वटा जलविद्युत आयोजना निर्माण सुरु भएका छन् ।

बाट थप

  • निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमानिलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा
  • डा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयोडा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो
  • ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्केट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के
  • सुन तोलामा २५ सय रूपैयाँले घटयोसुन तोलामा २५ सय रूपैयाँले घटयो
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा

    निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा

    डा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो

    डा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो

    ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

    ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

    सुन तोलामा २५ सय रूपैयाँले घटयो

    सुन तोलामा २५ सय रूपैयाँले घटयो

    अन्धविश्वासको पराकाष्ठाः महिनावारीका सेतो वस्तु देखाउन नहुने

    अन्धविश्वासको पराकाष्ठाः महिनावारीका सेतो वस्तु देखाउन नहुने

    इजरायली आक्रामणमा परी तेहरानमा दुई पत्रकारको मृत्यु

    इजरायली आक्रामणमा परी तेहरानमा दुई पत्रकारको मृत्यु

    रबिन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी

    रबिन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी

    राकेश मारियाको बायोपिकपछि रोहित शेट्टीले ‘गोलमाल ५’ सुरु गर्ने

    राकेश मारियाको बायोपिकपछि रोहित शेट्टीले ‘गोलमाल ५’ सुरु गर्ने

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    चौबिसकोठीमा प्रहरीले कागजात चेकिङ: सवारी सुरक्षामा कडाइ

    चौबिसकोठीमा प्रहरीले कागजात चेकिङ: सवारी सुरक्षामा कडाइ

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    समाचार
    निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा

    निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा

    डा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो

    डा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो

    ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

    ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

    सुन तोलामा २५ सय रूपैयाँले घटयो

    सुन तोलामा २५ सय रूपैयाँले घटयो

    अन्धविश्वासको पराकाष्ठाः महिनावारीका सेतो वस्तु देखाउन नहुने

    अन्धविश्वासको पराकाष्ठाः महिनावारीका सेतो वस्तु देखाउन नहुने

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑