
चितवन : नेकपा एमाले चितवन क्षेत्र नम्बर ३ द्वारा धादिङको मलेखुमा आयोजित दुई दिने रणनैतिक प्रशिक्षण तथा योजना गोष्ठी सम्पन्न भएको छ । क्षेत्र नम्बर ३ भुगोलभित्र रहेका जिल्ला कमिटी सदस्य, पालिका पदाधिकारी, वडा कमिटी अध्यक्षहरुलाई प्रशिक्षण दिइएको हो । कुल ४२ जनाले प्रशिक्षण लिएका क्षेत्र नम्बर ३ का संयोजक सुदिप रेग्मीले जानकारी दिए ।
प्रशिक्षकहरु केन्द्रीय संगठन विभाग सचिव एवम् पार्टी केन्द्रीय सदस्य माधव ढुङ्गेलले जनताको बहुदलीय जनवाद र समाजवादका आधार सम्बन्धि, मोडिवेसन तथा विज्ञ आर सि लामिछानेले क्षमता अभिवृद्धि सम्बन्धि र राष्ट्रिय प्रशिक्षक केशव प्रसाद रेग्मीले नेतृत्व विकासका सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
योजना गोष्ठीले आगामी २०८४ मा हुने स्थानीय, प्रदेशिक तथा केन्द्रीय निर्वाचनका लागि महत्वपूर्ण छलफल सहितको रणनीतिक कार्यक्रम सम्पन्न गरेको संयोजक रेग्मीले जानकारी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस