• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २५, मंगलबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

सहकारी अपचलन प्रकरणमा राजनीतिक ध्रुवीकरण बढ्यो

October 25, 2024 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
सहकारी अपचलन प्रकरणमा राजनीतिक ध्रुवीकरण बढ्यो


हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा भएको प्रहरीको छानबिन प्रक्रियालाई लिएर राजनीतिक दलहरु विभाजित बन्न पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिनुलाई प्रतिशोधपूर्ण भनी विपक्षी दलहरुले दाबी गरिरहेका छन् भने सत्तापक्षले अनुसन्धानलाई प्रभावित गर्ने काम नगर्नु भनी चेतावनी दिइरहेको छ । जसले गर्दा सहकारी समस्या समाधान भन्दा पनि राजनीतिक खिचातानी हावी भइरहेको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समिति प्रतिवेदनको प्रतिवेदन कार्यान्वयन गर्न भनी सभामुख देवराज घिमिरेले भदौ ३१ गते संसदबाटै सरकारलाई रुलिङ गरेको केही दिनपछि गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी बन्जाडे पक्राउ परेका हुन् ।
छबिलाल पक्राउका सम्बन्धमा रास्वपा लगायत विपक्षी दलहरु मौन छन् । जब छबिलाललाई हिरासतमा राखेर अनुसन्धान भइरहँदा गोरखा मिडियाका तत्कालिन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछाने पनि पक्राउ परे, तर रविको रिहाइको माग गर्दै रास्वपा सडक प्रदर्शनमै उत्रियो । रास्वपा सभापति लामिछानेको पक्राउपछि राजनीतिक ध्रुवीकरण तीब्र बनेको छ ।

लामिछानेको पक्राउलाई रास्वपाले मात्र होइन, माओवादी केन्द्र लगायतका विपक्षी दलहरुले पनि प्रतिशोधपूर्ण भनिरहेका छन् । अहिलेको सरकारले आफ्नालाई संरक्षण गर्दै विपक्षी दलका नेताहरुलाई छानि छानि मुद्दा लगाउने र जेल हाल्ने काम गरिरहेको उनीहरुको आरोप छ ।

विपक्षी दलहरुको विरोधलाई सत्तारुढ राजनीतिक दलहरुले भने अनुसन्धान प्रभावित पार्ने खेल भनिरहेका छन् । न्यायालयलाई दबाब दिने गरी गरिने भिडतन्त्रको लोकतन्त्रमा कुनै औचित्य नभएको भन्दै सहकारी प्रकरणमा फौजदारी अभियोगमा दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउनुपर्ने सत्तारुढ दलका नेताहरुको भनाई छ ।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले विहिबार विज्ञप्ति नै जारी गरी सडकमा भएका यस्ता प्रदर्शनहरुलाई नियन्त्रण गर्न सरकारलाई सचेत गराएको छ ।

संसदीय छानबिन समितिले सर्वसम्मत रुपमा औंल्याएको विषयमा छानबिन प्रक्रिया अघि बढिरहेको अवस्थामा छानबिनको प्रक्रियालाई नै प्रभावित पार्ने गरी भ्रम सिर्जना गरी अस्वस्थ वातावरण सिर्जना गर्ने काम भएको एमालेले जनाएको छ ।

राष्ट्रसेवकलाई कानूनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तब्य पालना गर्न नदिने हिसाबले पाँच जना भन्दा बढीको भेला गर्नु गराउनु आफैमा कसूर हो । यस्तो कसुरमा संघीय संसदको सदस्य उपस्थित हुनु र यस्तो कसुर गर्न अरुलाई उक्साउनु पूर्णतः गैरकानूनी कार्य हो,’ – एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपा सभापति लामिछाने पक्राउ परेपछि शनिवारदेखि रास्वपाले पोखरामा प्रदर्शन गर्दै रिहाइको माग गर्दै आएको छ भने माओवादी केन्द्र लगायतका दलहरु पनि प्रदर्शनको तयारीमा छन् । यस्तो अवस्थामा एमालेले भने हुलहुज्जत गतिविधि नियन्त्रण गर्न सरकारलाई सचेत गराएको छ ।

सरकारी तथ्यांकअनुसार सहकारी बचत अपलचन गरेका मध्ये ६ सय जना भन्दा बढीलाई कानूनी कारबाही गरिएको छ भने ५ सय ७५ जना जेलमै रहेका छन् ।

मुलुकका सयौं सहकारी संस्थाहरु समस्याग्रस्त बन्दै गरेको र लाखौं वचतकर्ताहरुले आफ्नो निक्षेप फिर्ताको माग गरिरहेको अवस्थामा राजनीतिक खिचातानी छाडेर सत्ता पक्ष र विपक्षी सबै राजनीतिक दलहरु सहकारी समस्या समाधान तर्फ लाग्न आवश्यक छ ।

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑