
काँकडभिट्टाबाट काठमाडौँ हिँडेको प्र १-०१-००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्री बसले इ-साइकल यात्रीलाई ठक्कर दिँदा बुधबार अपरान्ह दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिकाको केर्खा बजारमा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।मृत्यु हुनेमा कमल गाउँपालिका वडा नं. ३ सानो केर्खाको ६० बर्षीय टेकबहादुर लिम्बु र उहाँको नातिनी ११ बर्षीय कृपा लिम्बु रहेको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ ।
दुघर्टना पछि आक्रोसित बनेको भीडले यातायत बन्द गराएका छन् । यस्तै सडक नजिक रहेको ट्राफिक प्रहरीको बीट समेत लडाएर आगजनी गरेका छन् ।मृतक हजुरबुबाले नातिनीका लागि जन्मदिन मनाउन केक र मासु लिएर फर्कँदै गर्दा दुघर्टना भएको स्थानीय बासिन्दाले बताएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस