• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कृषि क्षेत्रको समस्याबारे मन्त्रीको ध्यानाकर्षण : सतर्क रहनुपर्छ, आत्तिन पर्दैन : मन्त्री अधिकारी

October 24, 2024 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
कृषि क्षेत्रको समस्याबारे मन्त्रीको ध्यानाकर्षण : सतर्क रहनुपर्छ, आत्तिन पर्दैन : मन्त्री अधिकारी

हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

कृषि क्षेत्रका लागि कुनै पनि सरकारले सहज वातावरण सिर्जना गर्न नसकेको भन्दै चितवनका किसानहरुले कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारीको ध्यानाकर्षण गराएका छन् । मङ्गलबार नेपाली कांग्रेससम्बद्ध नेपाल किसान महासंघले आयोजना गरेको अन्तक्र्रियाका क्रममा मन्त्री अधिकारीलाई किसानले भोग्दै आएका समस्याबारे ध्यानाकर्षण गराएका हुन्।

नेपाली दूधले बजार पाउन मुस्किल भइरहेका बेला सरकारले भारतीय दूध भिœयाउने योजना बनाइरहेको भन्दै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले चितवनका दूध किसान फेरि सडकमा आउनुपर्ने वातावरण सिर्जना नगरिदिन मन्त्री अधिकारीलाई आग्रह गरे ।

‘चितवनमा दैनिक तीन लाख ५१ हजार लिटर दूध सङ्कलन तथा बिक्रीबाट चितवनमा मात्रै एक करोडभन्दा बढी रकम भिœयाइरहेका छौँ’, अध्यक्ष बगालेले भने, ‘तर स्वदेशी उत्पादनलाई लत्याएर विदेशी दूध भिœयाउँदा चितवनका किसान फेरि दूधको क्यान बोकेर बसपार्क चोक र चौबीसकोठी चोक पुग्न नपरोस् ।’

केरा उत्पादक संघका पूर्वअध्यक्ष विष्णुहरि पन्तले पनि कृषि क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताए । किसानको सुविधाका लागि राज्यले दिने गरेको अनुदान र बिमा भुक्तानी लिन सहज नभएको भन्दै नीतिगत सुधारसँगै किसानले राज्यबाट पाउने सुविधालाई सहज बनाउन आवश्यक रहेको उनले बताए ।

नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले किसानका लागि सरकारले सुविधा दिए पनि वास्तविक सुविधाभन्दा बाहिर गएको बताए । सरकारले त्यसलाई रोक्न सक्नुपर्ने उनले बताए । ‘सरकारी सुविधा वास्तविक किसानभन्दा बाहिर गइरहेको छ’, उनले भने, ‘फर्म हेरेर दिँदा पनि साहुकै हातमा अनुदान पुगेको छ, उत्पादनलाई हेरेर दिए पनि साहुकै हातमा अनुदान पुगेको छ ।’ वास्तविक किसानको हातमा अनुदान पु¥याउनका लागि वडा तहबाटै छनोट गरेर वितरण गर्ने वातावरण मिलाउन आवश्यक रहेको उनको भनाइ छ ।

नेपाल किसान महासंघ चितवनका अध्यक्ष नीलकण्ठ रिजालले एक वर्षदेखि सहुलियत कर्जा रोकिरहेको हुँदा त्यसलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए । उक्त कर्जाको अवधि पनि पाँच वर्षबाट बढाएर २५ वर्ष कायम गर्नका लागि नीतिगत तहबाटै काम गर्नुपर्ने उनले बताए । विद्युत् तथा सिंचाइका लागि आवश्यक सहयोग गर्नुपर्ने पनि उनले बताएका छन् ।

डेरी उद्योगको समस्या, केराखेतीमा हरेक वर्ष हुने क्षति, मल तथा बीउको समस्या, बिमा भुक्तानीमा देखिएको समस्या, पोल्ट्री क्षेत्रमा देखिएको समस्यालगायतमा सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

सान र मन्त्रालयबीच ठूलो खाडल छ : कृषिमन्त्री
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसान र कृषि मन्त्रालयको बीचमा ठूलो खाडल भएको बताएका छन् । मङ्गलबार नेपाल किसान संघले आयोजना गरेको अन्तक्र्रियाका क्रममा मन्त्री अधिकारीले भने, ‘अन्य मन्त्रालयमा जस्तो पैसा छ भने फ्याट्टै काम गरिहालौँ भन्ने हुँदो रहेनछ ।’

सडक निर्माणमा जस्तो ठेक्का लगाए पनि काम गर्न नमिल्ने भएपछि किसान र मन्त्रालयको बीचमा खाडल देखिएको उनको भनाइ छ । ‘किसानलाई आफ्नो काम छाडेर मन्त्रालय धाउने फुर्सद नहुने, मन्त्रालय पनि किसानसम्म पुग्न नसक्ने समस्या हुँदोरहेछ’, आफूले मन्त्रालय सम्हालेपछि धेरै समस्या देखिएको मन्त्री अधिकारीले भने ।

कृषिमन्त्रीको जिम्मेवारीमा रहँदासम्म कुनै पनि किसानको समस्या समाधान गर्छु भन्न सकिने अवस्था नरहेको उनले बताए । ‘म सबै समस्या समाधान गर्छु भनेर भन्न सक्दिनँ । तर, परिणाम आउने गरी काम गर्नुपर्छ भन्नमात्रै सक्छु’, उनले भने । अहिले दुई ठूला दल मिलेर सरकार चलाएको भन्दै वर्तमान सरकार र कुनै पनि मन्त्रालयलाई कमजोरी गर्ने छूट नभएको उनको भनाइ छ ।

स्वदेशी उत्पादनलाई लत्याएर सरकारले छिमेकी मुलुकबाट कृषि उत्पादन आयात गर्ने विषय सञ्चारमाध्यमबाट जानकारीमा आए पनि मन्त्रालय त्यसबारे जानकार नभएको उनले बताए । ‘मैले पनि भारतबाट दूध ल्याउने विषयमा पत्रिकामा समाचार देखेँ । त्यसपछि तुरून्तै प्रधानमन्त्रीज्यूलाई भेटेर सोधेँ । बाहिरबाट दूध ल्याउने विषयमा सरकारको कुनै निर्णय भएको छैन’, उनले भने, ‘त्यसकारण कुनै पनि किसानले सतर्क रहनु आवश्यक भए पनि आत्तिनुपर्ने अवस्था छैन।’

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑