
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जनयुद्धको जगमा जनतन्त्रको एजेन्डा पूरा भएको उल्लेख गर्दै अब जनाजीविकाको सवाललाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताए। नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर १३ मा बेपत्ता यौद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले माओवादी आन्दोलनलाई एकताबद्व गरेर समाजवादी क्रान्तिलाई अगाडि बढाउनुपर्ने बताए । प्रभाकरले चितवन आएर प्रचण्डसँग कम्युनिस्ट आन्दोलनलाई एक बनाएर अघि बढाउन अनुरोध पनि गरेका छन् । एउटै मञ्चमा रहेका माओवादी अध्यक्ष प्रचण्डलाई ‘ठूलो छाती’गरेर समाजवादी कम्युनिस्ट आन्दोलन एक बनाउन अनुरोध गरेका हुन्।
‘वास्तविक कम्युनिस्ट आन्दोलन एकतावद्ध बनाउन नयाँ ढंगले सोचौँ, ठूलो छाती बनाएर त्याग गरौँ, उपमहासचिव शर्माले भने, ‘ बाबुराम जी, किरण, गोपाल किराँती, विश्वभक्त जी, विप्लव जी सबै माओवादी शक्ति संगठित गरौँ । समाजवादी आन्दोलन एक बनाएर अघि बढौँ ।’ उनले नागरिकलाई अधिकार सम्पन्न बनाउन राजनीतिक परिवर्तनले संभव भएपनि जनजीविकाका सवालमा पनि आफ्नो पार्टीलाई प्रश्न गरिरहेका पनि बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस