
चितवन,कात्तिक १-
भरतपुरको पुंगी खोला मापदण्डभित्र परेका संरचना घरधनी आफैंले भत्काउन सुरु गरेका छन् । नारायणगढको लायन्स क्लबको पाँचतले भवन पनि घरधनीले नै भत्काइरहेका छन् । भरतपुर महानगरपालिकाका इन्जिनियर सूर्य लामाले लायन्स भवन लगायत अन्य भवनहरु क्रमशः घरधनी आफैंले भत्काउन सुरु गरेको जानकारी दिए । अतिक्रमित संरचना हटाउन पटक पटकको सूचनामा भइसकेकाले आफैं संरचना भत्काउन अनुरोध गरिएको उनले बताए ।
घरधनीले अटेरी गरी संरचना नभत्काए महानगरको ऐन कानुनअनुसार जरिवाना लिइने उनको भनाइ छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले पुंगी खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको उल्लेख गरिन् । ‘अहिले घरधनीहरुले मापदण्ड विपरितका संरचना आफैं भत्काइरहनु भएको छ’, उनले भनिन्, ‘ यो खुसीको विषय हो । महानगरपालिका बल प्रयोग गरेर भत्काउने पक्षमा छैन । अटेर गरे बल प्रयोग गर्न बाध्य हुनेछौ ।’
पुंगी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको छ । गत असोज २ गते भरतपुर महानगरले मापदण्ड विपरितका भोगचलन गरी निर्माण भएका संरचनाहरुमा डोजर चलाएको थियो । तर संरचना धनीले विरोध गरेपछि उनीहरुलाई आफ्नो संरचना आफैं हटाउन एक हप्ताको समय दिएको थियो । दशैसकिए लगतै उनीहरूले संरचना धमाधम घरधनीहरुले भत्काउन थालेका हुन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस