
विराटनगर : मोरङमा सडक दुर्घटना हुँदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ ।जिल्लाको बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक आइतबार साँझ कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको हो ।
मोरङ प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर साँझ ६ः४० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक प्रहरी जवान राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए ।दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो।
अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ ।दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस