• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ ४, बुधबार | Wed, 18, Jun, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

बाढीपहिरोका कारण काभ्रेमा सडक अवरुद्धः बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

२०८१ आश्विन २१, सोमबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
बाढीपहिरोका कारण काभ्रेमा सडक अवरुद्धः बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै


हेल्लो चितवन अन्लाईन्
(८ महिना अघि)

गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ ।
हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा आइतबारदेखि मगरगाउँमा चामललगायत खाद्यान्न सामग्री पठाउन थालेको हो ।
पहिला परीक्षण गरी आइतबारदेखि मगरगाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईँले बताए । उनका अनुसार सोमबार उक्त गाउँका लागि तयारी गरिएको सामग्री पठाइनेछ । भौगोलिक विकटता एवं ग्रामीण सडक अवरुद्ध भएपछि उक्त गाउँका ८५ परिवारका लागि उक्त संस्थाले ड्रोनको सहयता लिएको हो ।
बाढीपहिरोबाट पीडित उक्त गाउँका ८५ परिवारमा खाद्यान्नलगायत राहत सामग्री आवश्यक छ भन्ने खबर पाएपछि सडक नबन्दासम्म ड्रोनमार्फत पठाइने उपाय निकालिएको हुमागाईँले बताए । उनका अनुसार त्यस गाउँमा खाद्यान्न, बिजुली तथा पोषणको समस्या देखिएको छ । सोमबार ड्रोनमार्फत चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइने हुमागाईँले जानकारी दिए ।
पनौती बजारबाट उक्त गाउँ पुग्ने सडक क्षतिग्रस्त भएकाले १२ नं वडास्थित भूमिडाँडाबाट ड्रोन उडाइ सामग्री पठाउन थालिएको हो । सामाजिक अभियन्तासमेत रहेका हुमागाईँका अनुसार ड्रोनमार्फत एकपटकमा ६५ किलोग्रामसम्म खाद्यान्न सामग्री ढुवानी गर्न सकिनेछ । ‘हावाको बहाव सामान्य रहे ६५ केजीसम्म राहत पठाउन सकिन्छ, नभए एकपटकमा २० किलोका दरले भए पनि राहत पठाउनेछौँ,’ उनले भने । उनले आइतबार कानूनी प्रक्रिया पूरा गर्ने क्रममा सामग्री पठाउन ढिलो भएको बताउँदै सोमवार ड्रोनमार्फत सामग्री पठाइने बताए ।

संस्थाले अन्यत्र यस्तै अवस्थाको खबर आएकाले त्यस्ता स्थानमा प्राथमिकताका आधारमा ड्रोनमार्फत नै खाद्यान्न सामग्री पठाउने योजना बनाएको छ । त्यसका लागि सबैभन्दा बढी क्षति भई सडक सम्पर्क नभएको बस्ती, घरपरिवारको तथ्याङ्क सङ्कलनसमेत भएको हुमागाईँले बताए ।
गत साताको बाढीपहिरोका कारण काभ्रेमा हालसम्म मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ । घटनामा ७५ जना घाइते भएका छन् । यो सङ्ख्या गत साताको विपद्मा परी देशभर मृत्यु हुने सङ्ख्यामध्ये ३१ दशमलव ५६ प्रतिशत हो । तथ्याङ्कअनुसार देशभर बाढीपहिरोबाट हालसम्म दुई सय ४४ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभ्रेमा ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको हो ।

बाट थप

  • निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमानिलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा
  • डा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयोडा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो
  • ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्केट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के
  • सुन तोलामा २५ सय रूपैयाँले घटयोसुन तोलामा २५ सय रूपैयाँले घटयो
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा

    निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा

    डा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो

    डा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो

    ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

    ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

    सुन तोलामा २५ सय रूपैयाँले घटयो

    सुन तोलामा २५ सय रूपैयाँले घटयो

    अन्धविश्वासको पराकाष्ठाः महिनावारीका सेतो वस्तु देखाउन नहुने

    अन्धविश्वासको पराकाष्ठाः महिनावारीका सेतो वस्तु देखाउन नहुने

    इजरायली आक्रामणमा परी तेहरानमा दुई पत्रकारको मृत्यु

    इजरायली आक्रामणमा परी तेहरानमा दुई पत्रकारको मृत्यु

    रबिन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी

    रबिन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी

    राकेश मारियाको बायोपिकपछि रोहित शेट्टीले ‘गोलमाल ५’ सुरु गर्ने

    राकेश मारियाको बायोपिकपछि रोहित शेट्टीले ‘गोलमाल ५’ सुरु गर्ने

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    चौबिसकोठीमा प्रहरीले कागजात चेकिङ: सवारी सुरक्षामा कडाइ

    चौबिसकोठीमा प्रहरीले कागजात चेकिङ: सवारी सुरक्षामा कडाइ

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    समाचार
    निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा

    निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा

    डा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो

    डा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो

    ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

    ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

    सुन तोलामा २५ सय रूपैयाँले घटयो

    सुन तोलामा २५ सय रूपैयाँले घटयो

    अन्धविश्वासको पराकाष्ठाः महिनावारीका सेतो वस्तु देखाउन नहुने

    अन्धविश्वासको पराकाष्ठाः महिनावारीका सेतो वस्तु देखाउन नहुने

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑