
नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ले तीन दिनमा दुई करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । चलचित्र घटस्थापनाको दिन (असोज १७ गते)बिहीबार रिलिज गरिएको थियो । चलचित्रले पहिलो दिन बिहीबार ८० लाख कमाएको थियो । दोस्रो दिन शुक्रबार ५५ लाख आम्दानी गरेको थियो । तेस्रो दिन शनिबार ९० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको वितरक अशोक शर्माले जानकारी दिए ।
उनका अनुसार, बिदाका दिनमा हलमा दर्शकको अकुपेन्सी ८० देखि ९० प्रतिशत छ । बिदाबाहेकका दिनमा ७० देखि ७५ प्रतिशत अकुपेन्सी रहेको उनले बताए । ‘बेहुली फ्रम मेघौली’ले देशभर ३३५ भन्दा धेरै शो पाएको थियो । नेपालमा यति धेरै शो पाउने यो पहिलो चलचित्र हो ।
चलचित्रमा स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका छ । चलचित्र सजन काफ्ले र आकाश बरालले निर्देशन गरेका हुन् । चलचित्रमा वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, टीका पहारीलगायत कलाकारको पनि अभिनय छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस