
काठमाडौँ । आजदेखि युएईमा शुरु भएको आइसीसी महिला टी-२० विश्वकपको उद्घाटन खेलमा बंगलादेशले विजयी शुरुवात गरेको छ ।
पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
बंगलादेशले दिएको १२० रनको लक्ष्य पछाएको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १०३ रन मात्र बनाउन सकेको थियो ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै ११९ रन बनाएको थियो ।
जितपछि बंगलादेशले विश्वकपमा सकारात्मक शुरुवात गरेको छ । आइसीसी विश्वकपमा १० बर्षपछि बंगलादेशको महिला टिमले कुनै जित हासिल गरेको छ । बंगलादेशले २०१४ पछि विश्वकपमा जित हासिल गरेको हो ।
अब बंगलादेशले आगामी शनिबार ईङल्याण्डको सामना गर्ने छ भने स्कटल्याण्डले आइतबार वेस्ट इन्डिजको सामना गर्ने छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस