चितवन । भरतपुर महानगरपालिका वडा नम्बर स्थित एयरपोर्ट अगाडी रहेको सुजुकी मोटर्सको आधिकारिक डिलर, साध्भी इन्टरनेशनल प्रा.लि.ले चितवनमा नयाँ स्विफ्ट कार सार्वजनिक गरेको छ ।
आज सुजुकी मोटर्सको शोरुममा उद्योग वाणिज्य संघ चितवनका सदस्य अमित कौडेल र साध्भी इन्टरनेशनलका प्रबन्ध निर्देशक सुरजराज जोशीले गाडीको संयुक्त रुपमा उद्धघाटन गरे ।
उद्धघाटन पछि बोल्दै प्रबन्धक जोशीले सुजुकीको “पर्वोत्सव ०८१ कार्यक्रम अन्तर्गत कम्पनीले विभिन्न छुट अफर सार्वजनिक गरेको बताए ।
उनका अनुसार साध्भी इन्टरनेशनलले यो लन्चसँगै पाँच वर्षको लागि शून्य रनिङ वर्ष अफर सहितको योजना प्रस्तुत गरेको छ। ‘योजनामा ग्राहकहरूले एकहजार लिटर पेट्रोल निःशुल्क पाउनेछन्, यो छुट १ लाख ६५,००० रुपैयाँ बराबरको छुट हो ।जोशीले भने , साथै पांँच बर्षको निःशुल्क सर्भिस , पार्टस एक्सचेञ्ज सुविधा पनि ग्राहकले पाउनेछन ।’
साध्भी इन्टरनेशनलका जनरल म्यानेजर समुन्द्र पुडासैनीले नयाँ स्विफ्टको विशेषताबारे प्रकाश पार्दै भने, ’ यो नयांँ गाडीमा ६ वटा एयर ब्याग,हिल होल्ड असिष्ट,एलइडी प्रोजेक्टर हेड ल्याम्प जस्ता अत्यधुनिक सुविधा छन । यो गाडीले प्रतिलिटर २४ दशमलब ८ किमीको माइलेज दिन्छ ।’
गाडीमा स्मार्ट प्ले प्रो+संगको इन्फोटेक सिस्टम, वायरलेस चार्जर, वाइड एंगल रियर भ्यू क्यामेरा जस्ता नयाँ सुविधाहरू समेत रहेको पुडासैनीले बताए ।
‘यी सुविधाहरुले ग्राहकहरूको ड्राइभिङ अनुभवलाई अझ सुरक्षित, आरामदायी, र प्रविधिमैत्री बनाउनुको साथै यो कार नेपाली बजारमा ग्राहकहरुको मन जित्र सफल हुनेछ।’ पुडासैनीले भने ।
सिजी कम्पनीका डिलर इन्चार्ज सुसन तिम्सिनाले स्विफ्टको रिसेल भ्यालु र ग्राहक सन्तुष्टि उच्चतम रहेको बताए । साध्भी इन्टरनेशनलका निर्देशक कैलाश घिमिरेले स्विफ्ट कारको आधुनिक सुविधाहरुको प्रशंसा गर्दै इभी गाडीको प्रतिस्पर्धात्मक बजारमा यसले यहांँका ग्राहकहरुको मन जित्ने विश्वास व्यक्त गरे ।
कम्पनीले स्विफ्ट एलएक्सआई भेरियण्टको मुल्य ३८लाख ९९ हजार रुपैंया, स्विफ्ट भिएक्सआइको मुल्य ४० लाख ९९ हजार,स्विफ्ट जेडएक्सआईको मुल्य ४४ लाख ४९ हजार र स्विफ्ट जेडएक्सआई डुयल टोनको मुल्य ४६ हजार ७९ हजार रुपैंया कायम गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस