• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २९, सोमबार  | Mon, 15, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

भक्तपुर क्यान्सर अस्पतालमा तीन वटा मेसिन थपियो

August 29, 2024 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
भक्तपुर क्यान्सर अस्पतालमा तीन वटा मेसिन थपियो

हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले रेडियोथेरापी, मोडुलर ओ.टी र २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनबाट सेवा सञ्चालन सुरु गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार एक समारोहबीच उक्त मेसिनहरूको उद्घाटन गरे ।

कार्यक्रममा मन्त्री पौडेलले जनताको सेवालाई पहिलो प्राथमिकतामा राखी नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरु तत्पर रहनुपर्ने बताए । विशिष्टकृत सेवा सुविधा सरलीकृत ढंगबाट प्राप्त गर्न नसकिरहेको बताउँदै उनले विशिष्टीकृत सेवा सरलीकृत ढंगबाट सहज माध्यमबाट प्राप्त गर्ने माध्यम स्वास्थ्य बीमा भएको बताए । आवश्यकताभन्दा बढी चिनीको मात्रा भएका उत्पादित वस्तुमा चिनी करको व्यवस्था गरी त्यसबाट प्राप्त हुने रकम बीमामा जम्मा गर्न सकिने उल्लेख उनले गरे । १६ लाख घरपरिवार नेपाल सरकारको स्वास्य बीमामा आबद्ध रहेको बताउँदै उनले बीमा गरेबापत जम्मा हुने प्रिमियमलाई बीमा कोषमा जम्मा गर्न सके बीमामार्फत स्वास्थ्य सेवालाई व्यवस्थित र सर्वसुलभ ढंगले सेवा प्रदान गर्न सकिने बताए । उनले बीमाको स्रोत सुनिश्चित गर्न आवश्यक भएको भन्दै स्वास्थ्य उपचारकै कारण लाखौं जनता गरिबीको रेखामुखि पुगेको हुँदा नसर्ने रोगहरुबारे नागरिकलाई रोग नलाग्ने उपाय र चेतना जगाउन आवश्यक भएको बताए ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् भक्तपुर क्षेत्र नं. १ का सांसद प्रेम सुवालले अस्पतालको व्यवस्थापन र सेवा प्रवाहमा अस्पताल विकास समिति, कर्मचारी, डाक्टर, नर्सको योगदान महत्वपूर्ण हुने बताए । भक्तपुर नगरपालिकाको व्यवस्थापनमा सल्लाघारीमा ख्वप विश्वविद्यालय स्थापना गरी देश विदेशका विद्यार्थीहरुलाई सर्वसुलभ ढंगले उच्च शिक्षा अध्ययन गर्ने व्यवस्थाको योजना रहेको उनले सोही क्रममा बताए । भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई एउटै बनाएर भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने विषयमा यसअघि पनि छलफल भइसकेको प्रसंग जोड्दै उनले दक्ष चिकित्सक र दक्ष जनशक्ति तयार गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठापन सञ्चालन गर्नु आवश्यक भएको बताए । योग्यताअनुसारको काम र कामअनुसारको पारिश्रमिकको बन्दोबस्त भयो भने चिकित्सक र कर्मचारीहरु उत्साहित हुने बताउँदै उनले सेवाको स्थायित्व र बढुवाले कर्मचारीहरुको मनोबल अझ उँचो हुने बताए । उनले नाफा कमाउने भन्दा पनि सेवाको भावनाले स्वास्थ्य संस्थाहरु सञ्चालन हुनु आवश्यक भएको उल्लेख गर्दै रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालमा सुविधायुक्त स्वास्थ्य उपकरणहरु थप भएसँगै क्यान्सर पीडित जनतालाई स्वास्थ्य सेवा पाउन सहज भएको बताउँदै नेपाल सरकारले क्यान्सरका बिरामीहरुको निःशुल्क उपचार गराउन पहल गर्नुपर्नेमा जोड दिए । उनले सातवटै प्रदेशमा क्यान्सर अस्पताल सञ्चालन गर्नेतर्फ मन्त्रालयको ध्यानाकर्षण गर्दै सरकारी अस्पतालहरु सुविधासम्पन्न भए निजी अस्पतालमा गएर उपचार गर्नुपर्ने बाध्यताबाट मुक्त हुने बताए । भक्तपुर क्यान्सर अस्पताल स्थापना गर्न भक्तपुर नपाले जग्गा उपलब्ध गराइ सहयोग गरेको, अस्पतालमा ब्याप्त भ्रष्टाचार र अनियमितलाई रोक्न भक्तपुर नपाले गरेको पहल आदि प्रसंग स्मरण गर्दै उनले कुनै पनि संस्थाको भवन र उपचारलाई सुविधायुक्त बनाई जनशक्तिलाई दक्ष बनाउन सके संस्था दिगो रुपमा सञ्चालन हुने बताए । प्रमुख प्रजापतिले आधुनिक र सुविधासम्पन्न भवन निर्माणको लागि बजेटको व्यवस्था गर्नुपर्ने, कानुन बमोजिम दर्ता नभएका एनजीओ तथा आइएनजीओका प्रतिनिधि कुनै सरकारी संस्थाहरुको सदस्य मनोनयन गर्न नहुने, कर्मचारी विनियमको तत्काल संशोधन गरी कर्मचारीलाई स्थायित्व दिनुपर्ने, संघले सबै सरकारी अस्पतालहरुलाई सुविधासम्पन्न बनाउन सहयोग गर्नुपर्ने, सबै प्रदेशहरुमा क्यान्सर अस्पताल निर्माण गर्नुपर्ने र क्यान्सरका सबै उपचार निःशुल्क गर्नुपर्नेलगायतका विषयमा स्वास्थ्यमन्त्री पौडेलको ध्यानाकर्षण गराए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापा, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव, भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक उज्ज्वल चालिसेले स्वास्थ्य सेवाबारे चर्चा गरे । कार्यक्रममा मन्त्री पौडेलले नेपाल सरकारको सहयोगबाट स्थापना भएको मोडुलर ओ.टी र २५६ स्लाइसको सीटी स्क्यान मेसिन अस्पताललाई हस्तान्तरण गरिएको थियो । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले भारत सरकारबाट भक्तपुर क्यान्सर अस्पतालको लागि अनुदानस्वरुप उपलब्ध भएको रेडियोथेरापी मेसिन अस्पताललाई हस्तान्तरण गरिएको थियो ।
 
बाट थप

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
  • पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफापश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा
  • आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेतआज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत
  • नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्ननारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    प्रहरी भर्ना आवेदन खुल्यो

    प्रहरी भर्ना आवेदन खुल्यो

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    आजको विशेष राशिफल — मंगलबार

    आजको विशेष राशिफल — मंगलबार

    नेपाली क्रिकेटको महाकुम्भ एनपिएल आजदेखि : फ्लडलाइटमा उद्घाटन खेल

    नेपाली क्रिकेटको महाकुम्भ एनपिएल आजदेखि : फ्लडलाइटमा उद्घाटन खेल

    आज देशभर मौसम मुख्यतया सफा रहने

    आज देशभर मौसम मुख्यतया सफा रहने

    समाचार
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑