• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ ४, बुधबार | Wed, 18, Jun, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

भक्तपुर क्यान्सर अस्पतालमा तीन वटा मेसिन थपियो

२०८१ भाद्र १३, बिहिबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
भक्तपुर क्यान्सर अस्पतालमा तीन वटा मेसिन थपियो


हेल्लो चितवन अन्लाईन्
(९ महिना अघि)

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले रेडियोथेरापी, मोडुलर ओ.टी र २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनबाट सेवा सञ्चालन सुरु गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार एक समारोहबीच उक्त मेसिनहरूको उद्घाटन गरे ।

कार्यक्रममा मन्त्री पौडेलले जनताको सेवालाई पहिलो प्राथमिकतामा राखी नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरु तत्पर रहनुपर्ने बताए । विशिष्टकृत सेवा सुविधा सरलीकृत ढंगबाट प्राप्त गर्न नसकिरहेको बताउँदै उनले विशिष्टीकृत सेवा सरलीकृत ढंगबाट सहज माध्यमबाट प्राप्त गर्ने माध्यम स्वास्थ्य बीमा भएको बताए । आवश्यकताभन्दा बढी चिनीको मात्रा भएका उत्पादित वस्तुमा चिनी करको व्यवस्था गरी त्यसबाट प्राप्त हुने रकम बीमामा जम्मा गर्न सकिने उल्लेख उनले गरे । १६ लाख घरपरिवार नेपाल सरकारको स्वास्य बीमामा आबद्ध रहेको बताउँदै उनले बीमा गरेबापत जम्मा हुने प्रिमियमलाई बीमा कोषमा जम्मा गर्न सके बीमामार्फत स्वास्थ्य सेवालाई व्यवस्थित र सर्वसुलभ ढंगले सेवा प्रदान गर्न सकिने बताए । उनले बीमाको स्रोत सुनिश्चित गर्न आवश्यक भएको भन्दै स्वास्थ्य उपचारकै कारण लाखौं जनता गरिबीको रेखामुखि पुगेको हुँदा नसर्ने रोगहरुबारे नागरिकलाई रोग नलाग्ने उपाय र चेतना जगाउन आवश्यक भएको बताए ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् भक्तपुर क्षेत्र नं. १ का सांसद प्रेम सुवालले अस्पतालको व्यवस्थापन र सेवा प्रवाहमा अस्पताल विकास समिति, कर्मचारी, डाक्टर, नर्सको योगदान महत्वपूर्ण हुने बताए । भक्तपुर नगरपालिकाको व्यवस्थापनमा सल्लाघारीमा ख्वप विश्वविद्यालय स्थापना गरी देश विदेशका विद्यार्थीहरुलाई सर्वसुलभ ढंगले उच्च शिक्षा अध्ययन गर्ने व्यवस्थाको योजना रहेको उनले सोही क्रममा बताए । भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई एउटै बनाएर भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने विषयमा यसअघि पनि छलफल भइसकेको प्रसंग जोड्दै उनले दक्ष चिकित्सक र दक्ष जनशक्ति तयार गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठापन सञ्चालन गर्नु आवश्यक भएको बताए । योग्यताअनुसारको काम र कामअनुसारको पारिश्रमिकको बन्दोबस्त भयो भने चिकित्सक र कर्मचारीहरु उत्साहित हुने बताउँदै उनले सेवाको स्थायित्व र बढुवाले कर्मचारीहरुको मनोबल अझ उँचो हुने बताए । उनले नाफा कमाउने भन्दा पनि सेवाको भावनाले स्वास्थ्य संस्थाहरु सञ्चालन हुनु आवश्यक भएको उल्लेख गर्दै रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालमा सुविधायुक्त स्वास्थ्य उपकरणहरु थप भएसँगै क्यान्सर पीडित जनतालाई स्वास्थ्य सेवा पाउन सहज भएको बताउँदै नेपाल सरकारले क्यान्सरका बिरामीहरुको निःशुल्क उपचार गराउन पहल गर्नुपर्नेमा जोड दिए । उनले सातवटै प्रदेशमा क्यान्सर अस्पताल सञ्चालन गर्नेतर्फ मन्त्रालयको ध्यानाकर्षण गर्दै सरकारी अस्पतालहरु सुविधासम्पन्न भए निजी अस्पतालमा गएर उपचार गर्नुपर्ने बाध्यताबाट मुक्त हुने बताए । भक्तपुर क्यान्सर अस्पताल स्थापना गर्न भक्तपुर नपाले जग्गा उपलब्ध गराइ सहयोग गरेको, अस्पतालमा ब्याप्त भ्रष्टाचार र अनियमितलाई रोक्न भक्तपुर नपाले गरेको पहल आदि प्रसंग स्मरण गर्दै उनले कुनै पनि संस्थाको भवन र उपचारलाई सुविधायुक्त बनाई जनशक्तिलाई दक्ष बनाउन सके संस्था दिगो रुपमा सञ्चालन हुने बताए । प्रमुख प्रजापतिले आधुनिक र सुविधासम्पन्न भवन निर्माणको लागि बजेटको व्यवस्था गर्नुपर्ने, कानुन बमोजिम दर्ता नभएका एनजीओ तथा आइएनजीओका प्रतिनिधि कुनै सरकारी संस्थाहरुको सदस्य मनोनयन गर्न नहुने, कर्मचारी विनियमको तत्काल संशोधन गरी कर्मचारीलाई स्थायित्व दिनुपर्ने, संघले सबै सरकारी अस्पतालहरुलाई सुविधासम्पन्न बनाउन सहयोग गर्नुपर्ने, सबै प्रदेशहरुमा क्यान्सर अस्पताल निर्माण गर्नुपर्ने र क्यान्सरका सबै उपचार निःशुल्क गर्नुपर्नेलगायतका विषयमा स्वास्थ्यमन्त्री पौडेलको ध्यानाकर्षण गराए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापा, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव, भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक उज्ज्वल चालिसेले स्वास्थ्य सेवाबारे चर्चा गरे । कार्यक्रममा मन्त्री पौडेलले नेपाल सरकारको सहयोगबाट स्थापना भएको मोडुलर ओ.टी र २५६ स्लाइसको सीटी स्क्यान मेसिन अस्पताललाई हस्तान्तरण गरिएको थियो । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले भारत सरकारबाट भक्तपुर क्यान्सर अस्पतालको लागि अनुदानस्वरुप उपलब्ध भएको रेडियोथेरापी मेसिन अस्पताललाई हस्तान्तरण गरिएको थियो ।
 

बाट थप

  • निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमानिलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा
  • डा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयोडा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो
  • ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्केट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के
  • सुन तोलामा २५ सय रूपैयाँले घटयोसुन तोलामा २५ सय रूपैयाँले घटयो
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा

    निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा

    डा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो

    डा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो

    ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

    ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

    सुन तोलामा २५ सय रूपैयाँले घटयो

    सुन तोलामा २५ सय रूपैयाँले घटयो

    अन्धविश्वासको पराकाष्ठाः महिनावारीका सेतो वस्तु देखाउन नहुने

    अन्धविश्वासको पराकाष्ठाः महिनावारीका सेतो वस्तु देखाउन नहुने

    इजरायली आक्रामणमा परी तेहरानमा दुई पत्रकारको मृत्यु

    इजरायली आक्रामणमा परी तेहरानमा दुई पत्रकारको मृत्यु

    रबिन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी

    रबिन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी

    राकेश मारियाको बायोपिकपछि रोहित शेट्टीले ‘गोलमाल ५’ सुरु गर्ने

    राकेश मारियाको बायोपिकपछि रोहित शेट्टीले ‘गोलमाल ५’ सुरु गर्ने

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    चौबिसकोठीमा प्रहरीले कागजात चेकिङ: सवारी सुरक्षामा कडाइ

    चौबिसकोठीमा प्रहरीले कागजात चेकिङ: सवारी सुरक्षामा कडाइ

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    समाचार
    निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा

    निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा

    डा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो

    डा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो

    ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

    ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

    सुन तोलामा २५ सय रूपैयाँले घटयो

    सुन तोलामा २५ सय रूपैयाँले घटयो

    अन्धविश्वासको पराकाष्ठाः महिनावारीका सेतो वस्तु देखाउन नहुने

    अन्धविश्वासको पराकाष्ठाः महिनावारीका सेतो वस्तु देखाउन नहुने

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑