• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २५, मंगलबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

इजाजत बिना अस्पताल वा क्लिनिक सञ्चालन गरे कारबाही हुन्छ : उपप्रमुख अधिकारी

August 16, 2024 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
इजाजत बिना अस्पताल वा क्लिनिक सञ्चालन गरे कारबाही हुन्छ : उपप्रमुख अधिकारी


हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

चितवन । आर्थिक वर्ष २०८१/०८२ शुरु भएसँगै भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पताल वा क्लिनिकहरुमा पुन: अनुगमन शुरु गरेको छ । स्थानीय सरकार मातहत रहेका अस्पताल वा क्लिनिकहरुमा महानगरले पुन: अनुगमन शुरु गरेको हो ।

मङ्गलबार नगर उपप्रमुख चित्रसेन अधिकारीको नेतृत्वमा गएको भरतपुर महानगरपालिकाको टोलीले अस्पताल व्यवस्थित गर्नका लागि अनुगमन शुरु गरेको जनाएको छ ।

अनुगमनमा उपप्रमुख सहित जनस्वास्थ्य प्रबर्द्धन शाखाका अधिकृत केशव भट्ट र महानगरका अन्य अधिकृतहरुको सहभागिता रहेको थियोे ।

अनुगमन टोलीले अस्पतालको भौतिक सरचना, शैय्या, औषधि कक्ष, उपकरणहरुको अवस्था, लिफ्ट वा अपाङ्गमैत्री र्‍याम्प, पर्याप्त पार्किङ भएनभएकोलगायतका थुप्रै बिषयबस्तुहरु माथि स्थलगत निरीक्षण गरेको छ । `मानव स्वास्थसँग प्रत्यक्ष जोडिएको अस्पताल जस्तो सम्वेदनशील क्षेत्र मापदण्डअनुसार सञ्चालन गर्न जरुरी छ । अस्पताल भन्ने बित्तिकै आमनागरिकको स्वास्थ्यसँग जोडिएको हुन्छ, कानुन भन्दा माथि कोहि छैन´, उपप्रमुख अधिकारीले भने – `स्थानीय सरकारको इजाजत बिना अब कुनै पनि अस्पताल वा क्लिनिक सन्चालन गर्न पाइँदैन । यदि कसैले अटेर गरेर या प्रक्रिया पूरा नगरी अस्पताल वा क्लिनिक चलाएको पाइमा कानुन अनुसार प्रक्रिया अगाडि बढाइने छ ।´

स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरू तालिम प्राप्त भए नभएको, जोखिमयुक्त फोहरको व्यवस्थापनको अवस्थाबारे पनि अनुगमन गरिएको छ । यस्तै अनुगमनका क्रममा सर्वसुलभ स्वास्थ्यको पहुँच वृद्धि गर्न टेवा पुग्ने भएकाले अनुगमलाई निरन्तरता दिइँदै आइएको छ ।

अनुगमन टोलीले मङ्गलबार भरतपुरका केही अस्पताल वा क्लिनिकहरुमा अनुगमन गरेको छ । भरतपुर १८ चनौली बजारमा रहेको जनश्री अस्पताल, भरतपुर १८ कै भुवनवस्ती मेडिकल क्लिनिक, भरतपुर १० मा रहेका चितवन भरतपुर सेन्ट्रल अस्पताल प्रा लि, सदिच्छा स्वास्थ्य क्लिनिक, डा साथी प्याथोलोजी एण्ड होम केयर सर्भिस, वान हेल्थ क्लिनिक एण्ड माइक्रो प्याथल्याब र चन्द्रमा स्वास्थ्य क्लिनिकहरुको अनुगमन गर्दा केहिमा मापदण्ड नपुगेको, केहिमा अस्पतालको भौतिक संरचनामा लापरबाही गरिएको पाइएको हुँंदा ती अस्पतालहरुलाई व्यवस्थापन गर्न र कानुनी दायरामा ल्याउनको लागि पुन: अनुगमन शुरु गरिएको जनस्वास्थ्य प्रबर्द्धन शाखाका अधिकृत केशव भट्टले जानकारी दिए । `भरतपुरका केहि अस्पतालहरु बिना इजाजत सञ्चालन गरेको पाइयो, त्यसैलाई खबरदारी गर्न हामी अनुगमनमा निस्केका हौँ´, भट्टले भने ।
जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि महानगरपालिकाले बर्सेनी स्वास्थ्य संस्थामा अनुगमन गर्ने गर्दछ । भरतपुर महानगरपालिका स्वास्थ्य संस्था दर्ता अनुमति नवीकरण तथा स्तरोन्नति सम्बन्धि कार्यबिधी २०७७ ले महानगर भित्र सञ्चालन हुने निजी अस्पताल, क्लिनिक र प्रयोगशालालाई मापदण्ड अनुसार सञ्चालन गर्न अनुमति दिने ब्यबस्था रहेको छ ।

जनस्वास्थ्य प्रबर्द्धन शाखाका अनुसार भरतपुरमा अघिल्लो दुई आर्थिक वर्षमा ९५ वटा अस्पताल, क्लिनिक र प्रयोगशालालाई सञ्चालनको अनुमति दिइएको थियो । जसमध्ये ६ वटा १५ शैय्याका अस्पताल र बाँकी ८९ वटा क्लिनिक तथा प्रयोगशाला रहेका थिए । त्यस्तैगरी चालू आर्थिक वर्षमा ९ वटा अस्पताल, क्लिनिक र प्रयोगशालाले अनुमतिका लागि निवेदन दिएका छन् । जसमा २ वटा अस्पताल र बाँकी ७ वटा क्लिनिक तथा प्रयोगशाला रहेका छन् । चालू आर्थिक वर्षको झन्डै एक महिनाको अवधीमा भरतपुर महानगरपालिकाले ७ वटा अस्पताल, क्लिनिक र प्रयोगशालाको अनुगमन गरिसकेको छ भने अरु २ वटा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा रहेकोले अनुगमन गर्न बाँकी रहेको छ ।
स्थानीय स्तरमा १५ शैय्यासम्मको अस्पताल सन्चालन गर्न स्थानीय सरकारलाई अनुमती दिइएको छ भने प्रदेश सरकारले दुई सय शैय्यासम्मको अस्पताल सञ्चालन गर्न पाउने कानुनी व्यवस्था रहेको छ । दुई सय शैय्याभन्दा माथिको अस्पताल सञ्चालन गर्न संघीय सरकारलाई अधिकार दिइएको छ ।

भरतपुर महानगरले १५ शय्याको अस्पताल, स्वास्थ्य क्लिनिक, आयुर्वेदिक क्लिनिक, फिजियोथेपी केन्द्र, होमियोपेथिक क्लिनिक तथा डी र ई वर्गका प्रयोगशालालाई नियमन गर्ने गर्दछ । भरतपुरमा भरतपुर केन्द्रीय अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठुला मेडिकल कलेज, २० निजी अस्पतालसहित २०० को सङ्ख्यामा निजी क्लिनिक तथा फार्मेसी सञ्चालनमा छन् । महानगरपालिकाले गत आर्थिक वर्षको साउन १२ गते दर्ता नभएका संस्थालाई दर्ता गर्न आह्वान समेत गरेको थियो ।

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑