• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवनमा लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट : ९७२ वर्ष सात महिना कैद र ११ करोड बढी जरिवाना असुल

२०८१ श्रावण ३२, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
चितवनमा लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट : ९७२ वर्ष सात महिना कैद र ११ करोड बढी जरिवाना असुल


हेल्लो चितवन अन्लाईन्
(११ महिना अघि)

भरतपुर । चितवन जिल्ला अदालतले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट गरेको छ । अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार गत आवमा अनुमान गरेभन्दा ४२८ वटा मुद्दा बढी दर्ता भए भने लक्ष्यभन्दा ५१७ वटा मुद्दा बढी फर्स्योट भए । अदालतले दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्स्योट गरेको छ । गत आवमा कुल ६८.८ प्रतिशत मुद्दा फर्स्योट भएको अदालतले जनाएको छ ।

भौतिक संरचनाको अभाव र न्यून जनशक्तिका बाबजुद अदालतको कार्यसम्पादनमा सुधार आएको आचार्य बताउँछन् । गत आवमा अघिल्लो आव २०७९/८० बाट जिम्मेवारी सरेर आएका एक हजार ९८७ वटा र नयाँ दर्ता चार हजार २६७ वटा गरी कुल छ हजार २५४ वटा मुद्दा फर्स्योट गर्नुपर्ने जिम्मेवारी थियो । त्यसमध्ये चार हजार ३०४ वटा मुद्दा फर्स्योट भयो भने एक हजार ९५० वटा मुद्दा यस आव २०८१/८२ का लागि जिम्मेवारी सरेर आएका छन् ।

‘गत आवमा फर्स्योट भएका मुद्दामध्ये पुराना मुद्दा १७ सय ५२ वटा थिए भने नयाँ मुद्दा २५ सय ५२ वटा थिए’, आचार्यले भने, ‘दुई वर्ष पुराना मुद्दा फर्स्योटका लागि त हामीले विशेष अभियान नै सञ्चालन गरेका थियौँ ।’ चितवन जिल्ला अदालतमा आठ जना न्यायाधीशको दरबन्दी भए पनि सात जना न्यायाधीशमात्रै कार्यरत छन् । बेन्चबाट भएका आदेश कार्यान्वयन, पेशी स्थगनलाई नियन्त्रण र मुद्दाको तारेख नगुजार्ने विषयमा बार एसोसिएसनले पनि सहयोग गरेको आचार्य बताउँछन् ।

अदालतले गत आवमा ९७२ वर्ष सात महिना २६ दिन कैद, ११ करोड ७७ लाख ९२ हजार ५०४ रूपैयाँ जरिवाना र एक करोड १७ लाख २४ हजार ५३८ रूपैयाँ सरकारी बिगो असुल गरेको छ । सरकारी बिगो भनेको अदालतको फैसलाबमोजिम सरकारलाई बुझाउनुपर्ने रकम हो । फैसला कार्यान्वयनका क्रममा अदालतले कैद, जरिवाना र सरकारी बिगो असुल गर्छ । अदालतका अनुसार अझै दुई हजार ९८३ वर्ष नौ महिना २८ दिन कैद र ३९ करोड ४० लाख ३७ हजार ९१८ रूपैयाँ जरिवाना असुल गर्न बाँकी छ ।

‘फैसलाअनुसारको कैद तथा जरिवाना असुलीका लागि अदालतले डोर खटाएको हुन्छ । फैसला कार्यान्वयन निर्देशनालयबाटै पनि कहिलेकाहीँ कैद तथा जरिवाना असुलीको विशेष अभियान सञ्चालन हुन्छ’, आचार्य भन्छन्, ‘कुनै व्यक्तिविरूद्ध अदालतबाट दण्ड जरिवाना तोकिई असुल गर्नुपर्ने छ भने त्यस व्यक्तिको वतन जहाँ छ दण्ड जरिवानाको लगत त्यहीँ पठाइन्छ ।’ कुनै मुद्दामा जरिवानामात्रै तोकिँदा पनि जरिवाना तिर्न नसकी प्रतिवादीहरु कैद बसेका हुन्छन् ।

हरेक वर्ष मुद्दाको संख्या बढिरहने जिल्ला अदालतमा अहिलेको भौतिक संरचना पर्याप्त नभएको उनले बताए । ‘ठाउँ अभावका कारण अभिलेख व्यवस्थापन प्रमुख चुनौती बनेको छ । अदालतका सबै मिसिल सुरक्षित राख्नुपर्छ, तर ठाउँको अभाव हुँदा बरन्डाबाटै सेवा दिनुपर्ने अवस्था छ’, उनले भने । अदालतको अगाडिपट्टि करोडौँको खर्चमा सिटी हल बनिरहँदा नागरिकले न्याय पाउने ठाउँको अवस्था भने दयनीय छ । दरबन्दीअनुसारकै नयाँ न्यायाधीश थपिँदा इजलास बनाउने ठाउँ नपुगेर कर्मचारीको सवारीसाधन पार्किङ स्थल पनि मासिएको छ ।

जिल्ला अदालतको मुख्य भवन २०५३ सालमा निर्माण भएको हो । २०६३ सालसम्म अदालतमा वार्षिक ३०० को हाराहारीमा मुद्दा दर्ता हुन आउँथे । अहिले वर्षमा चार हजारभन्दा बढी मुद्दा दर्ता हुने गरेका छन् ।

बाट थप

  • क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासाक्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
  • यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बरयो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर
  • रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बररूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर
  • बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोसबर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँ

    काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँ

    आजको मौसमः कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने

    आजको मौसमः कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने

    आजको राशिफलः २०८२ असार २९ गते आईतबार

    आजको राशिफलः २०८२ असार २९ गते आईतबार

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    एमालेको सचिवालय बैठक शुरु

    एमालेको सचिवालय बैठक शुरु

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

    बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

    समाचार
    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑