भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनमा आर्थिक वर्ष २०८०/८१ मा ठगीसम्बन्धी परेका २०६ उजुरीमध्ये ४३ वटाको समस्या समाधान भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
त्यसमा ठगी भई फिर्ता भएको माग रकम पाँच करोड १२ लाख रहेकोमा ९९ लाख १७ हजार रकम फिर्ता भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
प्रशासन कार्यालयमा चालू आर्थिक वर्षको पनि हालसम्म १६ वटा उजुरी परिसकेका उनले बताए । त्यसमा ३५ लाख रूपैयाँ फिर्ता माग भएको उनले बताए । परेको उजुरीमाथि छलफल जारी रहेको प्रशासनले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस