काठमाडौं, २९ साउन । प्रतिनिधिसभाको सभामुख देवराज घिमिरेले अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई बोल्न दिएका छन् ।
सभामुख घिमिरेले आकस्मिक समयमा एउटै बिषय मात्रै बोल्नु पाउनु पर्ने नियम भएको भन्दै थप बोल्न नदिए पछि रास्वपाले उठेर बिरोध जनाएको थियो । त्यसमा प्रतिपक्ष कित्तामा रहेको राप्रपाले पनि रास्वपालाई समर्थन जनाएको थियो ।
अन्ततः लामो रस्साकस्सी पछि सभामुख घिमिरेले सांसद ढकाललाई बोल्ने मौका दिएका थिए ।
ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले बिधुत महशुल बक्यौताका बारेमा धारणा राखेका थिए । ‘प्रधानमन्त्रीज्युले जसरी बिद्युत नकाटन भन्दै जुन निर्देशन दिनु भएको थियो, त्यसरी नै बिधुत महशुल उठाउन पनि निर्देशन दिनु परयो’ उनले भने ।
बिद्युत प्राधिकरणले २२ अर्ब मध्ये १६ अर्ब छुट दिएको उल्लेख गर्दै अहिले ६ अर्बमा सिमित पारिएको भन्दै त्यसमा छानबिन गर्नु पर्ने माग पनि रास्वपाले राखेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस