ढाका, २८ साउन । बंगलादेशका महान्यायाधिवक्ताको कार्यालयका ७० जना कानुनी अधिकृतले राजीनामा दिएका छन् ।
कार्यालयले सोमबार बिहान सो जानकारी दिएको हो ।
त्यहाँ नियुक्त भएका २१५ नायव र सहायक महान्यायाधिवक्तामध्ये ७० जनाले राजीनामा दिएको ढाका ट्रिब्युनले जानकारी दिएको छ ।
बुधबार अतिरिक्त महान्यायाधिवक्ता शेख मोहम्मद मोर्शेद र पछि महान्यायाधिवक्ता एएम अमिन उद्दिनले राजीनामा दिएका थिए ।
बिहीबार थप दुई अतिरिक्त महान्यायाधिवक्ता एसएम मुनीर र ब्यारिस्टर मोहम्मद मेहेदी हसन चौधरीले राजीनामा दिएको जनाइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस