• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ जेष्ठ ३२, शनिबार | Sat, 14, Jun, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

काठमाडौंदेखि दार्चुलासम्म काजुका बिरुवा पुर्‍याएर चर्चामा आएका पथरीका भुवनेश्वर पोखरेल

२०८१ श्रावण २८, सोमबार मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
काठमाडौंदेखि दार्चुलासम्म काजुका बिरुवा पुर्‍याएर चर्चामा आएका पथरीका भुवनेश्वर पोखरेल


हेल्लो चितवन अन्लाईन्
(१0 महिना अघि)

प्रेम केडी

मोरङ- पथरी-शनिश्चरे नगरपालिका-३ मोरङका भुवनेश्वर पोखरेललाई हिजोआज मोबाइलमा दैनिक एक सयजति फोन आउँछ।

फोन गर्नेहरूले सोध्छन् – काजुको बिरुवा छ?

भए छ भन्छन्। हुर्किँदै छ भने ‘केही समयपछि आउनू’ भनी जवाफ फर्काउँछन्।

पोखरेललाई पूर्वदेखि पश्चिम महाकालीको दार्चुलासम्मबाट फोन आउने गरेको छ। उनले काठमाडौंदेखि दार्चुलासम्म काजुको बिरुवा पुगिसकेको बताए। काठमाडौंमा दुई-तीन सयजति पुर्‍याएको उनले बताए।

नेपालमा काजु खेतीको सम्भावना के छ त्यो रहस्यको गर्भमै छ। तर, यी अवकाशप्राप्त शिक्षकलाई मानिसले खोजीनिती गर्नुको कारण चाहिँ त्यही काजु खेतीले हो।

उनले आफ्नो घरमा काजुका बिरुवा उमारेका छन्। तिनै बिरुवा किन्नका निम्ति मानिसहरू फोन गरिरहन्छन्।

उनले सात-आठ वर्षअघि भारतको चारधाम घुम्न जाँदा १५० रुपैयाँ भारुमा एउटा काजुको बिरुवा लिएर आएका थिए।

त्यो बिरुवा बारीमा रोपे। त्यसले चार-पाँच वर्षपछि काजुको फल दिन थाल्यो। त्यही फलबाट उनले अन्य चार वटा बिरुवा हुर्काए। अहिले ती रुखबाट पनि काजु फल्न थालेको छ।

‘यसपालि १०-१५ किलोजति फल्यो,’ पोखरेल भन्छन्, ‘कति त खाइयो, धेरैजसो फलबाट बिरुवा उमारें।’

ती उमारेका बिरुवा उनले एक सय रुपैयाँ प्रतिगोटा बेच्ने गरेका छन्। ‘काजुको बिरुवा पाइन्छ भनेपछि मानिसहरू फोन गरेर मागेको मागै गर्छन्,’ उनी भन्छन्।

भारतमा काजुको खेती निकै छ। त्यो काजु नेपालमा आइपुग्दा महंगो पर्छ। नेपालमै काजु फलाउन सके युवाहरूले आम्दानी गर्नसक्ने धारणा उनको छ। ‘त्यही भएर मैले सस्तोमै काजुको बिरुवा बेचिरहेको छु,’ उनले भने, ‘मैले आम्दानीको लागि बिरुवा बेचिरहेको छैन, यसबारे अध्ययन अनुसन्धानपछि नेपालमा खेती गर्ने वातावरण मिलोस् भन्ठानेको छु।’

उनले फलाएको काजुको दाना निकाल्न तातो पानीमा तीन घन्टा उमाल्नुपर्छ। त्यसलाई दुई-तीन दिन सुकाउनुपर्छ। त्यसपछि फुटाएर बोक्रो फुटाएर गुदी निकाल्ने गरिएको छ।

त्यसरी निकालेको गुदी प्रशोधित वा भनौं बजारमा पाइने काजुकै स्वादमा पाइन्छ। घरमा आउने मानिसहरूलाई उनले त्यही काजु चखाउने गरेका छन्। चाख्नेहरू दंग पर्दै एउटा बिरुवा किनेर जाने गरेका छन्।

‘विदेशतिर काजुको फल निकालेर सिधै प्रशोधन गर्ने मेसिन हुन्छ,’ पोखरेल भन्छन्, ‘हाम्रो नेपालमा काजु खेती नै छैन, त्यस्तो उपकरण कहाँ होस् र!’

पोखरेलले काजुका बिरुवा गाउँ-गाउँमा पुर्‍याइरहेको थाहा पाएर कोशी प्रदेश सरकारका कृषिमन्त्री केही समयअघि उनको घरमा पुगेका थिए। उनले काजु खेतीको सम्भाव्यता हेरेर यसको प्रशोधन गर्ने उपकरणबारे खोजी गर्न सकिने बचन दिएका थिए।

पोखरेलले हालसम्म एक हजार भन्दाबढी बिरुवा ठाउँ-ठाउँमा पुर्‍याइसके।

एमएसम्म पढेका पोखरेलले काजु खेतीबारे सामान्य अध्ययन गरेका छन्। उनकै अनुसार काजु समुद्र सतहदेखि १ हजार ६०० मिटर उचाइसम्म खेती गर्न सकिन्छ।

काजुका लागि फराकिलो जमिन चाहिन्छ। ठूलो रुख बनेपछि काजुले अत्यधिक फल दिने उनी बताउँछन्।

‘काजु बरको रुखजस्तो हाँगाबिँगा फैलिन्छ, मैले भारतमा त्यस्तै देखेको हुँ,’ उनी भन्छन्, ‘कालो, बालुवा र ढुंगा मिसिएको माटो पायो भने काजुको बोट सप्रिन्छ।’

एउटा हुर्किएको बोटले दुई लाख रुपैयाँसम्मको काजु फल दिने उनको दाबी छ। एउटा बोटले पचास वर्षसम्म फल दिने उनले बताए।

पाँचथरको मेलबोटेमा जन्मिएका पोखरेल इलाम हुँदै २०३५ सालमा मोरङ पथरी आएका हुन्। उनका दुई छोरा काठमाडौं र एक छोरा पथरीमा छन्।

उनी श्रीमती अम्बिकासँग घरमै बसेर काजुका बिरुवा हुर्काइरहेका छन्। उनी २०५४ सालमा विद्योदय निमाविबाट रिटायर्ड भएका थिए। उनले ३३ वर्ष सरकारी विद्यालयमा पढाए।

जीवनको उत्तरार्दधमा उनी काजुका बिरुवाले चर्चित छन्। केही पत्रकारहरूले उनको घरमा काजुको बिरुवा पाइन्छन् भनेर प्रचार-प्रसार गरिदिएपछि उनलाई फोन अत्यधिक आउन थाल्यो। फेसबुक म्यासेन्जरमा समेत उनलाई फोन गरेर सोध्नेहरूको जमात छ।

‘बुढेसकालमा रहर लागेर काजु ल्याएर हुर्काएँ, यसले फल दिन थालेर बिरुवा उमारें,’ उनले भने, ‘फोन आएर हैरान हुन्छु।’

उनले नेपालमा काजु खेती हुन्छ भन्ने सन्देश आफूले दिन सकेको बताए। ‘नेपालमा डाँडाकाँडादेखि लिएर फराकिला जमिन छन्, कतिपय ठाउँ बाँझै छन्, काजु खेतीबारे सम्भाव्यता अध्ययन गरे विदेश गइरहेका युवाहरूलाई स्वदेशमै आत्मनिर्भर बनाउन सकिन्छ भन्ने मेरो सोचाइ हो।’

बाट थप

  • पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरेपुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे
  • कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसदकांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद
  • अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्डअब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड
  • हत्या गरेको अभियोगमा दुई जना पक्राउहत्या गरेको अभियोगमा दुई जना पक्राउ
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ

    पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ

    आर्थिक अनुशासन उल्लंघनमा चाँगुनारायण नगरपालिका चुर्लुम्म

    आर्थिक अनुशासन उल्लंघनमा चाँगुनारायण नगरपालिका चुर्लुम्म

    जेलबाट छुटेपछि विराटनगरका मिटरब्याजी ‘मन्टु’ले मच्चाए आतंक, हुलाकबाट पत्र पठाएर धम्की

    जेलबाट छुटेपछि विराटनगरका मिटरब्याजी ‘मन्टु’ले मच्चाए आतंक, हुलाकबाट पत्र पठाएर धम्की

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    जापानमा विदेशी कामदारका लागि सुनौलो अवसर: जेआर इस्टले सुरु गर्‍यो विशेष तालिम कार्यक्रम

    जापानमा विदेशी कामदारका लागि सुनौलो अवसर: जेआर इस्टले सुरु गर्‍यो विशेष तालिम कार्यक्रम

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    समाचार
    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑