
काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक अब २ घण्टा पछाडि दिउसो १ बजे हुने भएको हो ।
बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुदै छ ।
केहि दिनदेखि जारी बैठकमा सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो । आज बैठकमा उठेका प्रश्नहरुको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ ।
साथै बैठकले पार्टीको आगामी रणनीति बारे पनि निर्णय लिने बताइएको छ ।
@newskarkhana.com
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस