
काठमाडौँ । भारतले पेरिस ओलम्पिकमा पदकको खाता खोलेको छ । भारतकी मनु भाकरले पेरिस ओलम्पिकमा भारतका लागि महिला १० मिटर एयर पिस्टलमा तेस्रो हुदै काशी पदक जितेकी हुन् ।
उनले २२१.७ अंकका साथ तेस्रो स्थान हासिल गरेकी थिइन् । यस प्रतियोगितामा दक्षिण कोरियाका दुई खेलाडीले स्वर्ण र रजत पदक जितेका थिए । उनी सुटिङमा ओलम्पिक पदक जित्ने पहिलो भारतीय महिला खेलाडी बनेकी छन् ।
योसँगै उनले सुटिङमा भारतको १२ वर्षको पदक खडेरी पनि समाप्त गरेकी छन् । २०१२ लण्डन ओलम्पिकमा गगन नारङ र विजय कुमारले सुटिङमा पदक जितेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस