
रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुको पहिरे भन्ने स्थानमा बिहिबार रातिको पहिरोमा परी तीन किशोरीको मृत्यु भएको छ ।
स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेहरुमा १७ बर्षकी सिता तामाङ्ग, १४ बर्षकी आसिका तामाङ्ग र १३ बर्षकी लक्ष्मी तामाङ्ग रहेका छन् ।
स्थानीय गोपी तामाङ्गका अनुसार रोपाईं गरेर घर आएका तीन जना किशोरीहरु आगो बालेर ताप्दै गर्दा घर माथिको डिस्को भत्किएर लेदो घर भित्र पस्दा लेदोले पुरिएर तीनै जनाको मृत्यु भएको बताइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस