
काठमाडौँ । यही जुलाई २७ र २८ गते आयोजना हुने छैठौं सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले खेलाडीहरूलाई विदाई गरेका हुन् ।
टोलीमा पाँच जना महिला र छ जना पुरुष खेलाडी छन्। टिम प्रशिक्षकमा विशाल थापा रहेका छन्, जसलाई उसु महासंघका महासचिव नवराज ढुंगानाले जानकारी दिएका छन्। विदाई गर्दै निमित्त सदस्य सचिव धमलाले खेलाडीहरूले देशको झण्डा उच्च राख्न अनुशासित भएर खेल्नुपर्ने बताए ।
सहभागी खेलाडीहरूमा हिमान्सु खड्का, सफल पाठक, भवेश खड्का, समिर बस्नेत, रिदम गोले, एलिस मार्लीक, वविता ठाडा मगर, अपेक्षा लामा, सेरिना पराजुली, फुर्पिग्याल्मो तामाङ, र यन्चेन्ला इलावा छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस