
चितवन, साउन ९-भरतपुर महानगरपालिका–६ देवनगरस्थित बिसहजारी तालको गेट नजिक एक महिला मृत फेला परेकी छन् । खगेरी सिंचाई नहरमा मंगलवार दिउँसो २ः३७ बजे एक महिलाको शव फेला परेको हो ।उक्त शव नुवाकोट बेलकोटगढी नगरपालिका–९ जिलीङ घर भई हाल रत्ननगर नगरपालिका–९ खगेरी सिंचाइको पोखरी फार्ममा काम गर्ने बासुदेव भट्टको श्रीमती ३३ वर्षीय बविता भट्टको भएको प्रहरीले बताएको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस