• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ २, सोमबार | Mon, 16, Jun, 2025
hotpati logo
  • Home

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिदै

२०८१ श्रावण ६, आईतबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिदै


हेल्लो चितवन अन्लाईन्
(१0 महिना अघि)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्बाट विश्वासको मत लिँदैछन् । आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएका हुन् ।  

संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेपछि अब उनको निशाना विश्वासको मत लिदा दुई तिहाई पुर्याउने रहेको छ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाई मत पुर्याउन ओलीले कम्तिमा १८४ मत आवश्यक पर्दछ । ओली कांग्रेसको ८८ र एमालेको ७८ सांसद गरी कुल १६६ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । अहिले कांग्रेस र एमाले बाहेक ७ सांसद रहेको जसपा र ४ सांसद रहेको लोसपा सरकारमा गइसकेको छ । यसरी अहिले ओलीसँग १७७ मत सुरक्षित रहेको छ ।

अब दुई तिहाई मत पुर्याउन ओलीलाई थप ७ सिट आवश्यक पर्दछ । अहिले ओलीलाई सरकारमा गएका बाहेक उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले विश्वासको मत दिने सम्भावना रहेको छ । उपेन्द्र यादवले समाजवादी मोर्चाबाट दूरी बढाएर सरकारलाई समर्थन गर्ने र सत्तामा जाने संकेत गरेका छन् । तर उपेन्द्र यादवको सरकारलाई सर्मथन गर्ने प्रमुख शर्त मधेश प्रदेशको सरकार हुने देखिएको छ ।

मधेशमा अहिले जनमत नेतृत्वको सरकार छ जसलाई कांग्रेस-एमालेले समर्थन गरिरहेका छन् । तर मधेश सरकारको नेतृत्वसँग खासगरी धेरै सिट भएको कांग्रेस खुशी देखिएको छैन । यसको फाइदा उठाएर उपेन्द्र यादवले केन्द्रमा सरकारलाई समर्थन गर्ने विषयमा छलफल गरिरहेका छन् । जसपा नेपालका ५ सांसद रहेका छन् ।

त्यस्तै जनमत पार्टीले पनि मधेशमा आफ्नो नेतृत्वको सरकार जोगिने शर्तमा केन्द्रमा सरकारलाई विश्वासको मत दिने गरि छलफल अगाडी बढाएको छ । जनमतको प्रतिनिधि सभामा ६ सांसद रहेका छन् ।

त्यस्तै ४ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा मुछिएको अवस्थामा ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिने तयारीमा रहेको छ तर नाउपाको विवादले यसको स्पष्ट निर्णय भने अहिलेसम्म बाहिर आएको छैन । नाउपाले पनि विश्वासको मत दिएमा ओलीको पक्षमा दुई तिहाई भन्दा बढी १९२ मत हुन जान्छ ।

यी बाहेक दुई स्वतन्त्र सांसद योगेन्द्र मण्डल र डा अमरेशकुमार सिंहले पनि ओलीलाई विश्वासको मत दिने सम्भावना रहेको छ । मण्डल एमालेबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेका एमालेकै नेता हुन् । दुई स्वन्तन्त्र सांसदले मत दिएमा ओलीको पक्षमा १९४ मत हुन जान्छ ।

अर्को तर्फ १४ सिट रहेको राप्रपाले भने ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने बताएको छ । राप्रपाले संबिधान संशोधनको खाका स्पष्ट रुपमा आएपछि मात्र सरकारलाई समर्थन गर्ने बताएको छ । 

त्यस्तै संसदमा रहेका माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले भने सरकारलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने निर्णय गरिसकेका छन् । तीन दलको गरि प्रतिनिधिसभामा ६३ मत रहेको छ । त्यसैगरी एक एक सांसद रहेका नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चाले ओलीको विपक्षमा मतदान गर्ने सम्भावना छ ।
 

बाट थप

  • शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुनशाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन
  • हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथहिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ
  • ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो
  • इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियोइरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

    ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

    ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

    इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    आँप खाँदा आउँन सक्छ पिम्पल, जोगिने यी ५ उपाय जान्नुहोस्

    आँप खाँदा आउँन सक्छ पिम्पल, जोगिने यी ५ उपाय जान्नुहोस्

    बिधायन ब्यवस्थापन समितिको बैठक बस्दैँ

    बिधायन ब्यवस्थापन समितिको बैठक बस्दैँ

    प्रतिनिधिसभा बैठकमा बजेट माथी उठेका बिषयको अर्थमन्त्रीले जवाफ दिने

    प्रतिनिधिसभा बैठकमा बजेट माथी उठेका बिषयको अर्थमन्त्रीले जवाफ दिने

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    चौबिसकोठीमा प्रहरीले कागजात चेकिङ: सवारी सुरक्षामा कडाइ

    चौबिसकोठीमा प्रहरीले कागजात चेकिङ: सवारी सुरक्षामा कडाइ

    समाचार
    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

    ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

    ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

    इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑