
काठमाडौँ । नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्केको छ ।
भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१ ००५ -ख ९५५४ नम्बरको सार्वजनिक यात्रु बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट धुवाँको मुस्लो निस्केको हो ।
धुवाँ निस्केको देखेपछि यात्रुहरू सबै झारेर आगो निभाइएको प्रहरीले जनाएको छ । समयमै इन्जनमा आगो निभाएपछि सम्भावित ठुलो दुर्घटनाबाट जोगिएको र बस आगलागी हुनबाट पनि जोगिएको प्रहरीले जनाएको छ ।
@newskarkhana.com
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस