• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ बैशाख ३०, मंगलबार | Tue, 13, May, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

सफा हुदै काठमाडौँ महानगरभित्रका सार्वजनिक विद्यालय

२०८१ श्रावण ३, बिहिबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
सफा हुदै काठमाडौँ महानगरभित्रका सार्वजनिक विद्यालय


हेल्लो चितवन अन्लाईन्
(९ महिना अघि)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सार्वजनिक विद्यालयका शौचालयहरु अहिले टिलिक्क भएका छन् । शौचालयसँगै विद्यालयमा भएका भान्छा कोठाहरु पनि सफा भएका छन् । विद्यालयका शौचालयमा गाढा फोहर जम्मा भएको, दुर्गन्धित भएको, भान्छा कोठामा चिल्लो भएको अवस्था थियो । यो अवस्थाले वालवालिकाको वातावरणीय चेत र वातावरणीय सिकाइमा असर पर्ने भएपछि महानगरपालिकाले सूचकसहितको अनुदान रकम उपलब्ध गराएर  ‘सुन्दर विद्यालय’ स्वर्णिम योजना र ‘हरित विद्यालय’ कार्यक्रम सञ्चालन गरेपछि विद्यालयको स्वच्छता र सरसफाइ तुलना योग्य अवस्थामा रुपान्तरण भएको हो ।   

वातावरण, स्वच्छता र सरसफाइका विषय बुझाउन व्यवहारिक र प्रयोगात्मक क्रियाकलाप सञ्चालन गर्ने उद्देश्य राखेर महानगरपालिकाले कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कार्यक्रममा ‘वालवालिका र वातावरण – वावा’ उपसमूहको नेतृत्वमा विद्यार्थीहरुले वातावरणीय सुधार, व्यवस्थापन र संरक्षणमा व्यवहारिक ज्ञान र सिप प्राप्त गर्छन् । विद्यालय परिसर कलात्मक तथा हरियाली बनाउँछन् । सफा र स्वच्छ बनाउँछन् । कार्यक्रमबाट अपेक्षित दीर्घकालीन नतिजा हो ।

यो अवस्थाले विद्यार्थीहरुमा स्वच्छता, सरसफाइ, वातावरण तथा प्राकृतिक सुन्दरताको गहिराइ बुझ्न प्रयोगात्मक कार्यशालाको अभ्यासमा अभ्यस्त हुन थालेका छन् ।

शैक्षिक सत्र २०८० बाट कार्यान्वयनमा आएको परियोजनाबाट महसुस योग्य नतिजा प्राप्त हुन थालेका छन् । नतिजाका बारेमा प्रतिक्रिया दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘विद्यार्थीहरूमा श्रमप्रति सकारात्मक धारणाको विकास भएको छ । आफू बसेको वातावरणको बारेमा बुझ्न, घर विद्यालय तथा समुदायको वातावरणलाई स्वच्छ बनाउने ज्ञान र सिप कुशलता प्राप्त भएको छ ।’ यसप्रकारको ज्ञान दिन सञ्चालित क्रियाकलापका बारेमा जानकारी दिँदै उनी थप्छन, ‘कक्षाकोठा, शौचालय, भान्छा, प्राङ्गण, विद्यालय परिसर सरसफाई गर्ने, विद्यालयमा रहेको बगैँचाका बिरुवाहरू गोडमेल गर्ने तथा समुदायमा रहेका सार्वजनिक बाटो, धारा, मठ मन्दिरको स्वच्छता, सरसफाइ र हरियालीका लागि विद्यार्थीहरु सहभागी भएर काम गरेका थिए ।’

यसका लागि हरेक विद्यालयमा वातावरण र वालवालिका (वावा) उपसमूह गठन गरिएको छ । शैक्षिक सत्र २०८० मा कक्षा ४ देखि ८ सम्मका २ हजार ५७० विद्यार्थी यस उपसमूहमा संलग्न थिए । उपसमूहको नेतृत्वमा हरेक शुक्रबार सरसफाइका लागि १ घण्टा श्रमदान हुन्छ । उनीहरुले विद्यालय परिवारमा भएका प्रधानाध्यापक, शिक्षक, अन्य उपसमूहका विद्यार्थी, अभिभावक समेतलाई श्रमदान कार्यक्रममा सहभागी गराउने गरेका छन् ।

कार्यक्रमको थालनी र अभ्यास

सुन्दर विद्यालय कार्यक्रमको मोडालिटी तयार गर्न महानगरले साझेदारहरुसँगको सहकार्यमा विद्यालयको अवस्था अध्ययन गरेको थियो । अध्ययनको मूल्याङ्कन प्रतिवेदन मंसिर महिनामा तयार भयो ।

परियोजनाका बारेमा सरोकारवाला व्यक्ति तथा पदाधिकारीलाई जानकारी दिन, प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, बिद्यार्थी प्रतिनिधि (बाबा उपसमुहका अध्यक्ष), बिद्यालय ब्यबस्थापन समितिका प्रतिनिधि, अभिभावकका प्रतिनिधिलाई विद्यालयको क्लस्टर बनाएर अभिभुखीकरण कार्यक्रम सञ्चालन गरियो । यसपछि कार्यक्रम सञ्चालन गर्ने सूचक बनाएर पहिलो किस्तामा बजेट पठाइयो ।

यसको संरचना र ढाँचाको नमूना देखाउन शिक्षा विभागले वातावरण व्यवस्थापन विभागसहित साझेदारसँगको समन्वयमा वडा नं. १२ को सरस्वती निकेतन माध्यमिक विद्यालयमा सौन्दर्यीकरण श्रमदान कार्यक्रम आयोजना गरियो । फागुन ११ गते सुरु भएको यो कार्यक्रम त्यस पछिका दिनमा हरेक विद्यालयमा भएका बाबा उपसमूहको नेतृत्वमा हरेक शुक्रबार सरसफाइका लागि कयौं घण्टा श्रमदान भयो ।

श्रमदान संस्कार बिस्तार हुँदै गयो । यसबाट विद्यालयहरु हरियाली र कलात्मक देखिन थाले । सामुदायिक विद्यालय सुन्दर बनाउन सकिन्छ भन्ने सन्देश प्रवाह हुन थाल्यो । सोचमा परिवर्तन आउन थाल्यो । अहिले सामुदायिक विद्यालयका परिसरमा विरुवा हुर्किरहेका छन् । गमलामा फूल रोपिएका छन् । भित्ताहरुमा कलात्मक चित्र र आकृति कोरिएका छन् । कक्षा कोठा, भान्छा कोठा, शौचालय सफा र दुर्गन्धरहित छन् ।

महानगरपालिकाले यसका लागि के गर्‍यो?

सुन्दर र हरित विद्यालय निर्माण गर्न महानगरपालिकाले विद्यालयको आवश्यकता, विद्यार्थीको संख्याजस्ता सूचकका आधारमा खर्च गर्नु पर्ने शीर्षक पहिचान गर्‍यो । ती शीर्षकमा काम गर्नका लागि अनुमानित खर्च तयार गर्‍यो । यसका आधारमा एउटा विद्यालयलाई ३ किस्तामा न्यूनतम ३ लाख ६० हजार रुपैयाँदेखि अधिकतम् १२ लाख रुपैयाँसम्म उपलब्ध गराएको थियो ।

यसरी उपलब्ध गराइएको रकम खर्च गर्ने शीर्षक पनि रकम निकासासँगै पठाइएको थियो । यो रकमबाट शौचालयको सरसफाइ तथा विद्यालय सरसफाइ र सुन्दरताका लागि औजार, उपकरण तथा सामग्री (गोडमेल गर्ने साधन, गमला, विरुवा, माटो, मल, पञ्जा, फोहर वर्गीकरण गर्ने बिन, मास्क), अभिमुखीकरण र प्रयोगात्मक कार्यशाला, अनुगमन मूल्याङ्कन, प्रतिवेदन तथा रिपोर्टिङ्, साझेदारसँगको सहकार्य लगायत खर्चका शीर्षक थिए ।

यससँगै विद्यालयलाई आवश्यक पर्ने विज्ञसहित जनशक्ति उपलब्ध गराइएको थियो ।

कार्यक्रम सञ्चालन गर्न युएसएआइडी, इन्भारोमेन्ट एण्ड पब्लिक हेल्थ अर्गनाइजेसन (एन्फो), वर्ड कन्जरभेसन नेपाल, वाटर इन्भारोमेन्ट एण्ड रिक्स एजुकेसन, वाइल्ड लाइफ कन्जरभेसन नेपाल, क्लिन अप नेपाल, ल्याण्ड आवर फ्युचर, एकीकृत सहरी विकास केन्द्रलगायत साझेदारले सघाइ रहेका छन् । उनीहरुको भूमिका विद्यालयका जनशक्तिको क्षमता विकास र समुदाय परिचालनमा धेरै छ ।

सरसफाइका क्षेत्रमा काम गर्न तथा स्वच्छता कायम गराउन यस अघि बसेको छाप सबैभन्दा ठूलो बाधक रहेको झाको अनुभव छ । अहिले सञ्चालन भएको कार्यक्रमले परम्परागत मानसिकतामा परिवर्तन गरेर नयाँ स्वरुपमा आकार प्रदान गर्नेछ । यस्तै स्वामित्व सिर्जना गर्नेछ । उहाँको विश्वाश छ ।

सहरी स्वयमसेवक

महानगरपालिकामा १४० जना सिटी भोलेन्टियर (सहरी स्वयमसेवक) ले काम गरिरहेका छन् । यो २४ हप्ताका लागि जोडिएका स्वयमसेवकहरुले हप्तामा २ दिन समय दिने गरेका छन् । यस कार्यक्रमअन्तर्गत १ सय जना बाबा (बालबालिका र वातावरण) स्वयमसेवक र ४० जना सम्युवा (सम्पदामा युवा र बालबालिका) कार्यक्रमका लागि हुन् । उनीहरु जुन शीर्षकअन्तर्गत भए पनि सामुदायिक विद्यालयको स्तरउन्नतिका लागि काम गरिरहेका छन् ।
@newskarkhana.com

बाट थप

  • अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागूअबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू
  • प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ताप्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता
  • सगरमाथा संबादको पत्रकार सम्मेलनसगरमाथा संबादको पत्रकार सम्मेलन
  • बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्वबिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

    प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

    सगरमाथा संबादको पत्रकार सम्मेलन

    सगरमाथा संबादको पत्रकार सम्मेलन

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

    दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

    केसी समुहको एनआरएन कनक्लेभमा भाग नलिन श्रेष्ठ समुहको अपिल

    केसी समुहको एनआरएन कनक्लेभमा भाग नलिन श्रेष्ठ समुहको अपिल

    प्रशाशकीय अधिकृत कुटने पक्राउ, अर्का फरार

    प्रशाशकीय अधिकृत कुटने पक्राउ, अर्का फरार

    भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

    भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    समाचार
    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

    प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

    सगरमाथा संबादको पत्रकार सम्मेलन

    सगरमाथा संबादको पत्रकार सम्मेलन

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

    दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑