
काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्बाधिक मुल्य हो ।
यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४९ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ बढेर तोलाको १८९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस