
काठमाडौँ । काठमाडौंको चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द हुँदा यात्रुहरू बीचमा फसेका छन्।
बुधबार दिउँसो साँढे १ बजे चन्द्रागिरि नगरपालिकास्थित केबलकारमा प्राविधिक समस्याका कारण आठ वटा डिब्बामा यात्रुहरू फसेका छन् ।
उद्धार कार्य सञ्चालनमा ल्याउन विद्युत् सेवा सुचारु हुन समय लाग्ने भएकाले सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ । अहिलेसम्म ८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
केबलकारमा कति यात्रु फसेका छन् भन्ने यकिन भएको छैन । ८ वटा डिब्बामा कम्तिमा ३० यात्रु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस