
काठमाडौं । श्रीलंकाका टी-२० क्रिकेट कप्तान वानिन्दु हसरंगाले राजीनामा दिएका छन् ।
हालै सम्पन्न टी-२० विश्वकपमा श्रीलंकाको खराब प्रदर्शन पछि हसरंगाले कप्तानी छोडेको आइसीसीले जनाएको छ ।
गत बर्ष श्रीलंकाको टी-२० क्रिकेट टिमको कप्तान नियुक्त भएका हसरंगाले केवल १० खेलमा कप्तानी गरेका थिए ।
हसरंगाले राजीनामा दिदै आफु खेलाडीको रुपमा मात्र टिममा रहने बताएका छन् । बोर्डले हसरंगाले कप्तानी छोडे पनि उनी टिमको महत्वपूर्ण सदस्यको रुपमा रहने जनाएको छ । आगामी जुलाई २७ देखि घरेलु मैदानमा भारतविरुद्ध टी-२० र एकदिवसीय सिरिज खेल्न लागेको श्रीलंकाले छिट्टै नयाँ कप्तान घोषणा गर्ने बताएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस